Sorry, your browser does not support JavaScript! प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ७ जना पुरस्कृत - Merodesh.news

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ७ जना पुरस्कृत

विराटनगर, २९ असार । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जना स्रष्टालाई शुक्रबार पुरस्कृत गरेको छ । शुक्रबार सात जनालाई पुरस्कृत गरेको हो ।

२०३९ सालमा स्थापित प्रतिष्ठानले २०७४ सालको प्रतिभा पुरस्कार महाकाव्यकार प्रा. मोहनप्रसाद भण्डारीलाई समर्पण गरेको छ ।लीलानाथ–विश्वमञ्जरी प्रतिभा पुरस्कार संस्कृतिविद् डा. जगमान गुरुङ, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार अनुसन्धाता डिल्लीराम मिश्र, दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । सबै पुरस्कारको राशि नगद ५० हजार र सम्मानपत्र रहेको छ ।

त्यस्तै २१ हजार राशिको विराटलक्ष्मी पुरस्कार निबन्धकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिएको थियो । १५ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार भने कथाकार रीता ताम्राकार र अश्विनी कोइरालालाई संयुक्त रुपमा समर्पण गरिएको थियो । उनीहरूलाई भाषाशाास्त्री प्रा. बालकृष्ण पोखरेल र प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले संयुक्त रुपमा माला लगाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिष्ठानले हालसम्म ५० भन्दा बढी रचनात्मक ग्रन्थ प्रकाशित गरिसकेको छ भन ६८ जनालाई पुरस्कृत र सम्मानित गरिसकेको सचिव कविराज न्यौपानेले जानकारी दिए । कार्यक्रममा कवि कल्पना काफ्लेले आदिकवि भानुभक्त आचार्यसम्बन्धी कविता वाचन गरिन् । प्राज्ञ विवश पोखरेल, पुरस्कृतहरूका तर्फबाट डा. जगमान गुरुङ, भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदी, सहसचिव दिङ्लाली कान्छोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]