Sorry, your browser does not support JavaScript! फोहोरपानी फाल्ने उद्योगमा तालाबन्दी - Merodesh.news

फोहोरपानी फाल्ने उद्योगमा तालाबन्दी

विराटनगर, असार २९ । उद्योगबाट निस्किएको फोहोर पानी सिधै खोलामा फालेको भन्दै मोरङको बुढीगंगा गाउँपालिका – ५ हातिमुडामा रहेको क्वालिटी नुडल्स उद्योगमा स्थानियले अनिश्चित कालको लागि तालाबन्दी गरेका छन् । स्थानियसँग उद्योगले गरेको पाँच वुद्धे सम्झौता कार्यन्वयन नगरेपछि बिहीबार अनिश्चितकालको लागि तालाबन्धी गरेका हुन् ।

उद्योग स्थापना हुनुभन्दा अगाडी सञ्चालक श्याम काबराको उपस्थीतिमा २०७३ पुस २२ गते स्थानियसँग लिखित सम्झौता कार्यन्वयन नगरेको भन्दै अनिश्चितकालिन तालाबन्धी गरेको स्थानियले बताए । उद्योगले स्थानियसँग प्रदुषणरहित उद्योग सञ्चालन गर्ने, उद्योगमा कामदार राख्नुपर्दा ९० प्रतिशत स्थानिय ठाउँका मानिसलाई प्राथामिकता दिने, उद्योगको प्रदुषित पानी प्रशोधन गरी मात्र बाहिर फाल्ने, गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृती प्रदान गर्ने, स्वास्थ्यमा आवश्यक सहयोग गर्ने, मनमोहन चोक बाट हातिमुडा साविक वडा नं। ४ सम्मका बाटो मर्मत गर्ने लिखित सम्झौता गरेका थिए ।

सम्झौता भएर लामो समय वितिसक्दा पनि उक्त उद्योगका सञ्चालकले स्थानियसँग गरेको सम्झौता कार्यन्यन नगरेको भन्दै आक्रोशिक स्थानियले तालाबन्दी गरेका हुन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]