Sorry, your browser does not support JavaScript! मोरङका पत्रकारकालागि आर्थिक सहयोगी अाफ्नै सहकारी - Merodesh.news

मोरङका पत्रकारकालागि आर्थिक सहयोगी अाफ्नै सहकारी

विराटनगर २९ असार । मोरङका पत्रकारहरुले आफनालागि सुरु गरेको सहकारी भैपरि आउने आर्थिक समस्या सुल्झाउन भरपर्दो सहयोगी बनेको छ । सक्रिय श्रमजिबि पत्रकारहरुमा बचत गर्ने बानी वृद्धी गर्न र भैपरि आउने आकस्मिक आर्थिक समस्या समाधान गर्न मोरङका पत्रकारहरुले सात बर्ष पहिले स्थापना गरेको सञ्चारकर्मी सहकारी संस्था भरपर्दो सहयोगी बनेको हो ।

७ बर्ष पहिले मोरङका सिमित पत्रकाहरुले शेयर निर्माण गरेर स्थापना भएको सञ्चारकर्मी सहकारीमा हाल ९४ जना पत्रकारहरु शेयर सदस्य बनिसकेका छन । पत्रकार र उनीहरुको परिवारमाझ मात्र कारोवार गर्न पाउने गरि स्थापना भएको सहकारीबाट आजकल शेयर सदस्यहरु जो कोहीले बिना धितो एक लाख रुपैया सम्म ऋण पाउने गरेका छन् ।

उपचार गर्न , आर्थिक गर्जो टार्नेदेखी सञ्चार सामग्री खरिद गर्नकालागि सहकारीले पत्रकारहरुलाई सहयोग पुर्याइरहेको छ । केही पत्रकारहरुले आफुले बचत गरेको रुपैयामा थपथाप गर्दै घर घडेरी जोडन पनि सहयोग पाएका छन । आफनो आर्थिक समस्या आफै भित्रबाट टार्न र बचत गर्ने बानी बसाउन सञ्चारकर्मी सहकारी भरपर्दो सहयोगी बनेको सहकारी कार्य समिति सचिव महाप्रसाद खतिवडाले बताए । उनका अनुसार पाँच हजार रुपैयामा मोरङका सक्रिय पत्रकार र उनीहरुको परिवारका सदस्य शेयर सदस्य बन्न पाउँछन् ।

शेयर सदस्य बनेपछि उनीहरुले बचतको आधारमा बिना धितो एक लाख रुपैया सम्म ऋण पाउने गरेका छन् । सहकारीमा ५ हजार ५ सय रुपैया तिरेर पत्रकार र उनका परिवारका सदस्यहरुले शेयर खरिद गरि नियमित बचत गर्न पाउँछन् । उनका अनुसार अब सदस्यहरुको शेयर २५ हजार रुपैया सम्म पुर्याउने निर्णय पनि भएको छ ।

ऋण नपाउने समस्याबाट सहकारीले दिलायो छुटकारा

अभावै अभावमा काम गर्र्नु पर्ने र नियमित पारिश्रमिक नपाउने समस्याले पत्रकार र उनीहरुको परिवारको जीवनमा सधै आर्थिक संकट पर्ने गरेको हुन्छ । अझ बिमारी हुँदा र भैपरि आउने समस्याले गर्दा पत्रकाहरु समस्या समाधान गर्न गाह्रो पर्दा बिचलित हुने गरेका छन ।

आर्थिक कारोवार नगर्ने र धितो पनि नहुँदा बैक र बित्तिय सँस्थाहरुबाट ऋण समेत नपाउने अवस्था हुँदा पत्रकारहरु आर्थि‘क समस्याले झन पीडित बन्ने गरेका छन ।  तर आफैले आफ्नालागि सुरु गरेको सहकारीले आर्थिक समस्याबाट राहत दिएर गुन लगाइरहेको पत्रकार ध्रुव भटराई बताउँछन् । भट्टराइले भने — ‘सामुहिक सिफारिसमा बिना धितो ऋण दिने आफनै सहकारी भएपनि पत्रकारहरु दुखमा पर्दा हात फैलाउदै चन्दा माग्नुपर्ने र ऋणकालागि चारचौरास हार गुहार गर्नुपर्ने बाध्यता पनि अन्त भएको छ ।’

पत्रकारबारेको व्यवहारिक भ्रम अन्त गराउन सहकारी सफल
पत्रकारहरुले बचत गर्दैनन् । पत्रकारहरु व्यवहारिक हुँदैनन् भन्ने भ्रमहरुलाई पनि सहकारीले गलत साबित गरिदिएको छ । सहकारीमा आवद्ध भएका पत्रकार सदस्यहरुले प्रायले नियमित बचत गर्ने र लिएको ऋण भाका अनुसार तिर्दै आएका छन । उसो त नियमित ऋण असुल उपर गराउन आफुभित्रैबाट तीन सदस्य ऋण फर्छौट समिति पनि निर्माण गर्ने गरेको छ । उक्त्त समितिले कस्ले कती ऋण लिएको छ र किन नतिरेको भनेर सोधपुछ गर्ने र ऋण तिर्न र बचत गर्न उत्प्रेरित पनि गराउने गरेको छ ।

तीन पुरस्कार स्थापना
पत्रकारहरुको सहकारीले हरेक बर्ष सक्रिय श्रमजिबि पत्रकारहरुलाई नगद सहित सम्मान पनि गर्र्ने गरेको छ । हाल सहकारीमा नगद १० हजार देखी ३१ हजार सम्मका तीन वटा पुरस्कार स्थापना भैसकेका छन् । यसैगरि नियमित बचत गर्ने र ऋण तिर्ने पत्रकाहरुलाई प्रसंसा पत्र प्रदान गरेर सहकारीले पुरस्कृत पनि गर्दै आएको छ ।

सहकारीकालागि निशुल्क श्रमदान, शाखा नै सहकारीको कार्यालय
पत्रकारहरुको हक हितकालागि स्थापना भएको मोरङका पत्रकारहरुले स्थापना गरेको सञ्चारकर्मी सहकारीका पदाधिकारीहरुले निशुल्क सेवा दिदै आएका छन् । सहकारीमा आवद्ध अध्यक्ष,उपाध्यक्ष , सचिव , कोषाध्यक्ष, कार्य समिति र लेखा समिति सदस्यहरु कसैले पनि पारिश्रमिक लिँदैनन् । पत्रकारिताबाट बचेको समयमा निशुल्क आएर सहकारीको हिसाव व्यवस्थित गर्ने र खातापात संचालन गर्ने काम गर्ने गरेको कोषाध्यक्ष बिजयहरि खतिवडाले बताए ।

मोरङ पत्रकार महासंघमा आवद्ध भएका पत्रकार र उनीहरुका आफन्तले मात्रै सदस्य बन्न पाउने गरि स्थापना भएको सञ्चारकर्मी सहकारीले पत्रकार महासंघ मोरङको भवनलाई नै आप्mनो कार्यालय बनाएको छ । शाखाको भवनमा एउटा दराज राखेर त्यहीको बैठक कोठा प्रयोग गरेर सहकारीले आफनो कार्यालय संचालन गर्दै आएको छ । तर पत्रकार महासंघमा आवद्ध पत्रकारहरु सहभागी भएको सहकारी भएपनि बिधान अनुसार सञ्चारकर्मी सहकारीमा महासंघको हस्तक्षेप नभएकोले स्वायत्त रुपमा संचालन हुदै आएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]