Sorry, your browser does not support JavaScript! स्वास्थ्यमा लाप्रवाही : विरामीको मृत्यु हुनथालेपछि नोबेलको प्रसूति सेवा बन्द - Merodesh.news

स्वास्थ्यमा लाप्रवाही : विरामीको मृत्यु हुनथालेपछि नोबेलको प्रसूति सेवा बन्द

विराटनगर । उपचारकालागि आएका विरामीको मृत्यु हुनथालेपछि नोबेल मेडिकल कलेजले प्रसूति सेवा बन्द गरेको छ । प्रसूतिकालागि आएका महिलाहरुको लगातार मृत्यु हुन थालेपछि अस्पतालले आइतवारयता प्रसूतिकालागि नया विरामी भर्ना रोकेको हो । नोबेल मेडिकल कलेजमा नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम सञ्चालित छ । आमा सुरक्षा कार्याक्रम सञ्चालन भएका अस्पताहरुले निशुल्क प्रसूति गराउनु पर्छ । तर पछिल्लो समय विरामीको मृत्यु हुनथालेपछि अस्पतालले प्रसूति सेवा नै बन्द गरेको हो ।

गत सोमवार नोबेल मेडिकल कलेज विराटनगरमा प्रसूति गराउन आएकी धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको मृत्यु भएको थियो । गत शुक्रवार छोरीलाई जन्म दिएकी खड्काको अकस्मात अवस्था बिग्रिएपछि इमर्जेन्सी अप्रेशन गर्न लगियो । तर उनी फर्कीनन ।

गत शनिवार नोबेल मेडिकल कलेज विराटनगरमा प्रसूति गराउन आएकी सुनसरी गढी गाउँपालिका ४ छिटहाकी २६ वर्षीया चा“दनी मेहता र उनको नवजात शिशुको मृत्यु भयो । प्रसूतिकालागि भर्ना भएकी उनको अस्पतालका चिकित्सकले लाप्रवाही गर्दा ज्यान गएको हो ।

त्यस्तै गत असार ९ गते शनिबार भर्ना भएकी सप्तरी कञ्चनरुप नगरपालिका–८ की २८ वर्षीया अनु सोनीको पनि मृत्यु भयो । प्रसूति गराउन ल्याएको आफन्तको मृत्यु भएपछि सोनीको परिवारले विरोध जनाएका थिए ।

माथीका एकै प्रकृतिका तीन घटना पछिल्लो दुई सातामा घटेका हुन् । अस्पतालको लाप्रवाहीका कारण दुईसातामा एक नवजात शिशुसहित तीन सुत्केरीको मृत्यु भएको हो । उपचारकालागि आएका विरामीको निरन्तर मृत्यु भएपनि न अस्पताल संवेदनशिल बनेको छ नत नियमनकारी निकाय नै । उपचारका क्रममा मृत्यु भएकाहरुलाई अस्पतालले क्षतिपूर्ती दिएर थामथुम पारीरहेको छ । तर निरन्तर उपचारकालागि आएका विरामीको ज्यान गइरहेको बिषयमा अस्पताल संवेदनशिल बनेको छैन् ।

अस्पतालमा गत जेठ १० र ११ गते उपचारकालागि आएका चैता मण्डल र सविता राईको मृत्यु भएको थियो । अस्पतालको लाप्रवाहीका कारण मोरङ सुनबर्षी ८ का ३५ वर्षीय चैता मण्डलको जेठ ११ गते शुक्रबार र झापाको बिर्तामोड १० की ३० वर्षीया सविता राईको जेठ १० गते बिहीबार मृत्यु भएको थियो । आन्द्राको घाउको अप्रेशन गर्दा इन्फेक्सन भएको भन्दै दोस्रो पटक अप्रेशन गर्ने क्रममा मण्डलको मृत्यु भएको थियो भने अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी राईको डाक्टरकै लाप्रवाहीका कारण ज्यान गएको थियो ।

विरामीको मृत्यु हुन थालेपछि अस्पतालले प्रसूति सेवा नै बन्द गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायणप्रसाद दाहालले प्रसूतिकालागि छुट्टै वार्ड बनाउने काम सुरु गरेको बताउदै तत्काललाई प्रसूति सेवा बन्द गरेको जानकारी दिए । तर सेवा बन्द गर्नुमा अस्पतालको वार्ड सार्ने भन्दा पनि विरामीको मृत्युहुने कारण बढी छ । विरामीको मृत्यु हुनथालेपछि अस्पतालले सेवा नै बन्द गरेको हो । दाहाल अनिश्चित कालकालागि प्रसूतिका विरामी भर्ना नलिने गरेको जानकारी दिए । अस्पतालमा प्रसूतिकालागि ६५ वटा बेड छन् । दैनिक १५देखि २० प्रसूतिकालागि नोबेल पुग्ने गरेका थिए ।

निरन्तर विरामीको मृत्यु हुन थालेपछि अस्पतालको प्रसूति विभागमा कार्यरत चिकित्सकले पनि राजीनामा दिएका छन् । निरन्तर विरामीको मृत्यु हुनथालेपछि डाक्टरले पनि राजीनामा दिएका हुन् ।

बिना जानकारी सेवा बन्द 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार स्वास्थ्य महासाखाबाट स्वीकृत लिएर आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको नाबेल मेडिकल कलेजले सेवा बन्द गरेपनि सम्बन्धित निकायलाई जानकारी गराएको छैन् । स्थानीय सरकार हुदै परिवार स्वास्थ्य महासाखालाई पनि सेवा बन्द गर्ने बिषयमा जानकारी गराउनुपर्ने हुन्छ । तर नोबेलले सेवा बन्द गराएको बिषयमा महानगरपालिकालाई पनि जानकारी गराएको छैन् ।

आमा सुरक्षा कार्याक्रमको सुविधा विराटनगर महानगरपालिका मार्फत लिदै आएको छ । तर सेवा बन्द गरेको बिषयमा महानगरलाई जानकारी नै नआएको स्वास्थ्य महासाखा प्रमुख लजिता योञ्जन बताउछिन् । असारमा थोरै बिरामीको संख्या पेस गरेको बताउदै उनले सेवा बन्द गरेको बिषयमा जानकारी नआएको बताएकी हुन् ।

नोबेल मेडिकल कलेज मोरङ जिल्लामा बढी आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रसूति गराउने अस्पताल पनि हो । तर अस्पतालले सेवा बन्द गराएको बँरे सरकारी निकायलाई जानकारी नै नदिएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]