Sorry, your browser does not support JavaScript! मजदुरदेखी उद्योगीको नेता सम्म  - Merodesh.news

मजदुरदेखी उद्योगीको नेता सम्म 

विराटनगर, २८ असार।  भिम घिमिरे बिराटनगरका उद्योगी मात्र नभएर  चर्चित समाजसेवी पनि हुन । लायन्स क्लब नेपालको पुर्व अध्यक्ष रहिसेकका घिमिरे हाल उद्योग संगठन मोरंगका अध्यक्ष छन ।

एक नम्बर प्रदेशका करिब पाँच सय बढी उद्योगीहरु सदस्य रहेको उद्योग संगठन मोरंग पुरानो र प्रभावशाली उद्योगीहरुको संँस्था हो ।यसले पुर्वको मात्र नभएर समग्र देशकै उद्योगी र उद्योगहरुको हकहितकालागि वकालत गर्ने गर्दछ । नव निर्वाचित अध्यक्ष घिमिरेले आफनो संघर्ष र सपनाबारे यसरी बताए …

चाइना कम्पनीमा मजदुरी गर्थे

उदयपुरको फलाँटेबाट हाम्रो परिबार जीबन धान्नकालागि सुनसरीको चक्रघट्टि आयो । त्यहाँको ऐलानी जमिनमा घरबास सुरुभयो । हामी घाँस दाउरा गर्दै हुर्किन थाल्यो । म त्यहीँको महेन्द्र माबिमा भर्ना भएँ । समय बित्दै गयो । जेनतेन अनिकाल झेल्दै पालिन्थ्यो हाम्रो पारिवार । मैले बडो दुखले पढन थालें। एसएलसी दिने तैयारी भयो ।

बेला २०४० तरको हो । त्यो बेला सुनसरी मोरङ सिँचाई आयोजनाको नहर धमाधम चिनियाँहरुले खन्दै थिए । त्यसको केन्द्र सुनसरीको चतरा नै थियो  । एसएलसी दिएपछि म चाइनिज कम्पनी ‘सि डब्लु ए ’ को मजदुर भएर काम गर्न थालें । आठ रुपैया दैनिक ज्याला आउँथ्यो । लगनशिल भएर काम गरेको भन्दै चिनियाँहरुले मेरो केही महिनामै प्रमोसन गरिदिए । अब मैले  मजदुरहरुको काम हेर्नु पर्ने भो । अर्थात म सुपरभाइजर भएँ ।

ज्याला ८ बाट वढेर १२ रुपैया भयो । जाँगरिलो र सरल स्वभाबको भएकोले मलाई चाइनिजहरुले औधी मनपराए । र चाईनिज भाषा पनि सिकाउन थाले । चाईनिज भाषा रेडियो बेजिङमा नेपाली कार्यक्रम चलाउने  मिसेर जोम (जसको नेपाली नाम कुसुम थियो ) नामका चिनियाले सिकाउँथे । चाइजिन भाषा पढने चार जना मध्ये तीन जनाले बिचैमा छाडे । छ महिना चिनियाँ भाषा सिकेपछि भर्खरै युवा उमेरमा प्रबेश गरेको म दोभाषेमा नियुक्त्त भएँ ।

तलब बढेर  दिनको  १५ रुपैया पुग्यो  । एसएलसीको रिजल्ट आयो । म पास भएँ । मैले क्याम्पस पढनकालागि  काम छाडन खोजें । तर चाईनिजहरुले काम छाडन दिएनन । बरु क्याम्पस धाएर पढनकालागि गाडी उपलब्ध गराए । म झण्डै पचास किलोमिटर टाढा रहेको बिराटगर स्थित मोरङ क्याम्पसमा कमर्श पढन गाडी लिएर जान्थे र फर्कन्थे ।सबै छक्क पर्थे । तर केही समयपछि प्रोजेक्ट सकियो । चाईनिजहरु फर्केर गए ।

चिनियाहरुको सहल्लाहकार बने  

म पनि  कामको खोजीमा लागें । जेबी ट्रान्सपोर्ट काठमाण्डौमा जागिर खान थालें । जागिर खान थालेको सात दिनपछि पुन तरकारी बजारमा पुराना चाईजिनसँग भेट भयो । चाईनिजले बिराटनगरमा आफुहरुको अर्को भव्य प्रोजेक्ट सुरुहुन लागेकोले साथ दिन अनुरोध गरे । नाई भन्ने कुरो पनि आएन । प्रोजेक्ट चाईनिज ईटा उद्योग स्थापना गरि संचालन गर्नेबारे थियो ।

चिनियाँहरुले मलाई १३ जना प्राबिधिक सहित टीम लिडर बनाएर पठाए । मोरङको टंकीसिनबारीमा चाईनिज ईटा बनाउने ‘तावाचे’ ईटा उद्योग खुल्यो । त्यसमा बैध अर्गनाईजेसनको पार्टनरशीप थियो । मोरङ आएपछि मलाई पढन सहज भयो । त्यही काम गर्दा गर्दै मैले एमबिए पास गरेँ । केही समयपछि तावाचे ईटा चिनियाहरुले छाडेर गए । उधोग बैध ग्रुपले चलाउन थाल्यो ।

उधोगी गजानन्द बैधले मलाई औधी मन पराउँथे । उनि मेरो कामबाट प्रभाबित थिए । यसैले बैधले मलाई प्रोत्साहन दिए । सधै उनले मजस्तो युबा उद्यमीलाई राष्ट्रिय पुँजीपति बन्न प्रेरित गरिरहे ।  जसबाट मलाई सधै अधि बढन प्रेरणा मिलिरह्रयो । तनवाचे ईटा ०४६ मा चिनियाले छोडेर गएपनि म चाँही चिनियाहरुको सल्लाहकार रहिरहें । अझै पनि चिनियाहरुको सल्लाहकार छु । त्यसबापत केही आम्दानी भैरहेको छ ।

व्यापारिबाट  उधोगीमा फडको मारे

०४८ मा मैले आफनै खुट्टामा अघि बढने निधो गरे । निर्माण व्यवसायमा हात हाले । कोल्डड्रिंङक्सको डिलर चलाउन थालें । ०५० मा जग्गा खरिद बिक्रि थालें। ०५१ मा बैकबाट ७ लाख कर्जा लिएर अझै व्यवस्थित रुपले कारोबार बिस्तार गरें । पैसा राम्रो कमियो । पैसा कमाउन थालेपछि मैले  ०५३ मा तावाचे ईँटाको महप्रबन्धकको जागिर छाडे। ०५५ मा बैध ग्रुपले पुन तावाचेमा पार्टनर भएर काम गर्न आब्हान गरयो। ।

किनभने तावाचे बन्द भएको थियो । पार्टनर भएपछि दुहबीको सिमरियामा पुन उद्योग संचालन हुन थाल्यो । उक्त्त उद्योग ०५८ मा बिक्रि भयो । हाल उक्त्त उद्योग मारवाडीहरुले चलाईरहेका छन । एउटा मजदुरबाट उधोगको कर्मचारी हुँदै व्यपारमा लागेको त्यो युबक उधोगी पनि भैसकेको थियो । यसैले मैले ढुवानी व्यवसायमा केही ट्रक हालें ।

मलाई जेबी ट्रान्सपोर्टका संचालक शुसिल दाईको पनि सहानुभुति थियो । मैले  आफनै ईँटा उधोग पनि खोले ।  समय बित्दै गयो । ०६४ मा बिराटनगर कञ्चनबारीमा रहेको  रधुनाथ आयाल खरिद गरेर पेट्रोलियम व्यवसाय चलाउन थाले ।

तर तेलको कारोबार सारै बदनाम रहेछ । सबैतिर मिसाबट थियो । पेट्रोल र डिजलमा मट्टितेलको व्यापक मिसावट हुन्थ्यो । मैले मिसावट रहत ईन्धन बेच्न धेरै संघर्ष गर्नुपरयो ।  माफियाहरुले धेरै दबाब हाले । तर म गलिन तेलमा भएको मिसावट बिरुद्धको आन्दोलनलाई साथ दिएँ ।

यही बेलामा बैध ग्रुपले जापानीज मोटर टोयटाको डिलर संचालन गर्न आग्रह गरयो । मैले बिराटनगरमा पहिलो चोटी टोयटा मोटरको चार अञ्चलको आधिकारिक बिक्रीकेन्द्र खोले । हाल  बिक्री केन्द्र टोयटाको अत्याधुनिक बर्कशप , ‘ग्लोबल अटो प्वाईन्ट,’ मा रुपान्तरित गरिसकेको छु ।

म प्रगतिशील उद्यमी हुँ

मान्छेले उन्नतीसँगै समाजमा केही नामको भुमिका पनि खोज्छ । यसैले मैले पनि उधोग व्यपार सँघसँघै समाजसेबमा पनि हात हाले । म गर्बसाथ भन्छु म प्रतगतिशिल उद्यमी हुँ । म स्कुल पढदा अखिलको जिम्मेबार सदस्य थिँए । यसैले मेरो स्कुलिंङ मात्रै पैसा कमाउनुपर्छ भन्ने मात्र हैन समाजकालागि पनि केही गर्नुपर्छ भन्ने पनि हो । यसैले पनि होला म सन १९९१ मा नेपाल जेसिजको सदस्य बने । त्यसले व्यक्त्तित्व बिकास गर्ने अबसर दियो ।

१९९६ मा लायन्स क्लबको सदस्य पनि भएँ । जसले गर्दा लिडरसिपकालागि उत्प्रेरण प्राप्त भयो । म तावाचे ईटामा काम गर्दागर्दै  सन २००४ मा टंकीसिनवारी जेसिजको सँस्थापक अध्यक्ष बने । त्यहाँ आफै पहलमा सामुदायिक भबन पनि बनाएँ । सबैसँग परिचित पनि भएँ । म आफनो उद्योग व्यपारसँगै समाजसेबामा निरन्तर लागिरहे । ०५१ मा उद्योग संगठन मोरङको सदस्य बनें । ०६२ देखी कार्यसमिति सदस्य हुँदै तृतिय उपाध्यक्ष पनि भएँ । मैले लायन्समा सेवा गरेको १९९५/९६ देखी हो ।

बिचमा केही समय म पेसिभ पनि भएँ । तर पछि पैसा कमाउन सफल भएपछि पुन मलाई सोसल स्टाटसको खाँचो परयो । मैले कहिले पनि हाईफाईबाट आफनो स्टाटस बनाउन चाहिन । यसैले समाजसेवालाई नै रोजे ।  म एक्टिभ भएपछि लायन्सले मलाई निरन्तर जिम्मेबारी दिँदै गयो ।  चैत २०७० बाट म एक बर्षकालागि नेपालको लायन्स क्लबको गर्भनर चुनिएको छु । बिदेश भ्रमण पनि भैसकेको छु ।  हो  म लेफिटिस्ट हु । मैले गरिब र गरिबीलाई नजिकबाट हेरेको छु । बुझेको छु ।  मेरो बुझाईमा जसले नजिकबाट दुख बुझेको हुन्छ ।

उसलाई लगनशिल र ईमान्दार भएर काम गर्ने प्रेरणा पनि बढी जाग्छ । तर अहिले चाँही मलाई लेफटहरु अलि पथभ्रष्ट भएका हुन की भन्ने लाग्छ ।लेफटहरुले प्रलोभनमा फस्नु र आफनो स्वार्थमा मात्र रमाउनुहुन्न ।

मैले दोस्रो संबिधानसभाका बेला सभासद पद अस्बिकार गरेँ । मलाई पहिलो संबिधानसभाका बेला माओबादीले र दोस्रोमा एमालेले सिफारिस गर्न चाहेको थियो ।तर मलाई अहिले मैले त्यो तहमा जानेबेला भएको छैन भन्ने लाग्यो । फेरि मलाई भद्रगोल राजनिति पनि मनपरिरहेको थिएन । मलाई लाग्यो । मैले अझै केही समय आफनो उद्योग व्यावसायकालागि जमेर काम गर्नु छ ।

समाजकालागि अझै सेबा गर्नु छ । अहिले राजनिति पनि व्यक्त्तिगत स्वास्र्थमा छ । चिन्तन राष्ट्रिय हुन सकेको छैन । केही नेता ईमान्दार छन तर अन्यायमा छन । सबै नेता कार्यकर्ताले आफनो राष्ट्रप्रतिको जिम्मेबारी मनन गरे देश सप्रन्छ ।

घरानिया हालीमुहालीको बिरोध गर्छु

म उद्योग व्यापारमा सिमित घरानियाँहरुको मात्र हालीमुहाली हुनुपर्छ भन्ने बिरोधी हुँ । उधोग व्यापार संगठनहरु सबै उधोगी व्यवसायिहरुको हो कुनै परिबार लिमिटेडको हैन । काम कसैले गर्ने अनि जस कसैले लिने यो पनि राम्रो हैन । जसले काम गर्छ जस त्यसैले लिनुपर्छ । घरानियाँ उधोगीहरुमा  पनि चाकरी खोज्ने प्रबृत्ती छ । चाकरी प्रथा राम्रो हैन ।

अहिले उद्योग व्यपारमा पनि गलत मान्छेको बोलवाला छ । राम्रा र नराम्राहरुको संघर्ष छ  । इमान्दार उद्यमीहरु अल्पमतमा छन ।सघर्षमा छन । हामी भन्छौ उद्योगी व्यवसायिले ईमान्दारपुर्वक कर तिर्नुपर्छ । तर अर्कोथरि भन्छन जसरी हुन्छ कमाउनुपर्छ । राष्ट्रलाई धोका दिएर कमाउनुको कुनै अर्थ हुदैन । मैले ईमान्दार पुर्बक  कर तिरिरहेको छु ।

एउटा सकृय र स्वाभिमानी उद्योगी व्यपारिले कसैको परिवारमा लगेर आफुलाई बन्धक बनाउन चाहदैन र हुदैन पनि ।  उद्योग व्यपार सम्बद्ध सँस्थाहरुमा सदस्यता बितरण र शुद्धिकरण पनि आवश्यक छ । नत्र राम्राहरु पखा लाग्ने र नराम्राहरु काखा परिरहने हुन्छ । हामी  यसकालागि लडिरहने छौ ।

कामकाजमा पत्नीलाई पनि  पार्टनर बनाएको छु

सफल व्यपारि र असल उद्यमी हुनलाई ईमान्दार , लगनशिल , समझदार हुनुपर्छ । असल मान्छेको संगत र सहयोग उत्तिकै आबश्यक हुन्छ । परिवाारका मुख्य सदस्यहरु पनि सहयोगी र समझदार हुनुपर्छ । सबैसँग तालमेल मिलाउन सक्नुपर्छ । प्रोफेसनल मेनेजमेन्ट भनेकै त्यही हो । म आफनी पत्नीसँग सधै सल्लाह लिन्छु ।

उनले पनि मलाई मनले सघाएकी छन ।मैले अफिसका धेरै कर्मचारीहरुलाई वर्कर पार्टनर पनि बनाएको छु ।मैले हाल २ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छु ।

उद्योग संगठनको मर्यादालाई बढाउछु 

म सधै समाजसेवामा रमाउने गर्छु । मैले लायन्स क्लबको अध्यक्ष हुँदा वा नहुँदा निरन्तर समाजसेवामा साथ सहयोग दिइरहे । र दिइरहेको छु । यसबाहेक नेपालमा युवाहरुमा उधोग व्यपारमा चासो जगाउन स्किल डेभेलपमेन्ट ट्रेनिङ चलाउने योजना छ  । जसमा धेरै भन्दा धेरै युवाहरु बिदेश जानबाट जोगिएर आफनै देशमा रोजगार चलाउने छन ।

आफुपनि रोजगार बन्ने छन र अरुलाई पनि रोजगार दिन सक्षम हुनेछन । जसले देशमा उद्यमशिलताको बिकास गर्न पनि सहयोग पुरयाउने छ ।यसबाहेक म उद्योग संगठनको गतिलाई जति सक्दा चलायमान बनाउन चाहन्छु । म यो सगठनको सदस्यबाट बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएको व्यक्त्ति हुँ । यसैले सँस्थाको गरिमालाई मैले बुझेको छु । आफनो कार्यकालभरि सधै उद्योग र उद्योगीहरुको हितकालागि सर्मपित गर्नेछु ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]