Sorry, your browser does not support JavaScript! नेपालले चीनलाई दियो जोडी एक सिंगे गैडा उपहार – Merodesh.news

नेपालले चीनलाई दियो जोडी एक सिंगे गैडा उपहार

काठमाडौं,२८ असार।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गर्नुभएको छ ।

एक सिंगे गैडा उपहार

प्रधानमन्त्री  ओलीले नेपाल चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने बताउनुभएको छ ।चीन सरकारलाई नेपालको तर्फबाट  एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहिबार सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपाहारले थप मजवुद बनाएको बताउनुभएको छ ।

एक सिंगे गैडा उपहार

भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।  प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भन्नुभयो “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।”

एक सिंगे गैडा उपहार

वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्व देखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

 

प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताउनुभएको छ । साइवेरिया देखि श्रीलंकासम्मका चरा नेपालमा प्रजन्का लागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । दुई वर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

राष्ट्रियसभा अधिवेशन अन्त्य
राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौँ/राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो । आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी[...]

हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे
हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे

विराटनगर/डेढ महिनाको अवधिमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुईवटा जङ्गली हात्ती मरेका छन् । विद्युतीय धरापमा परी सप्तरीमा दुईवटा हात्ती मरेका हुन् । शनिबार बिहान खडक नगरपालिका–४ मा विद्युतीय धरापमा अन्दाजी[...]