Sorry, your browser does not support JavaScript! लोप हुंदै पाहा भ्यागुतो - Merodesh.news

लोप हुंदै पाहा भ्यागुतो

 पाहा भ्यागुतो विराटनगर, २८ असार। वर्षायाममा मात्र देखिने पाहा भ्यागुतोको अस्तित्व संकटमा परेको छ । बढदो शहरीकरण, बिषादिको प्रयोग र शिकार लगायतका कारण किसानको असल साथीकोरुपमा चिनिने यो भ्यागुतोको अस्तित्व संकटमा परेको हो ।

मनसुन शुरुआतको पहिलो बाक्लो बर्षासंगै तराई र पहाडका पानी जम्ने ठांउहरुमा देखिने aयो पहेलो रंगको जीव पाहा भ्यागुतो हो । बर्षाऋतुमा यो भ्यागुतो पोखरी, धानबारी र पानी जम्ने ठांउहरुमा एकै लयमा आफ्नो स्वरलाई तिखारिरहेको देख्न सकिन्छ ।

नेपालमा पाईने विभिन्न ३४ प्रजातिका भ्यागुता मध्येको यो एक प्रजाति हो । अंग्रजीमा टाईगर फ्रग भनेर चिनिने यो भ्यागुता तराई मधेशको समथर भुभागदेखि १६ सय मिटरसम्मको उचाईमा भेटिन्छ । बर्षाऋतुमा मात्र देखिने पाहा भ्यागुताहरु बर्षापछिको समयमा भने गहिरो खाडल र जमिनमुनिका प्वालहरुमा चिसोमा शित र गर्मीमा गृष्म निंद्रामा बस्छन ।

बर्षा ऋतुको समयलाई पाहा भ्यागुताहरुले सुशुप्त अवस्थामा बस्दा शरिरका लागि आवश्यक पर्ने बोसो जमाउने र सन्तानोत्पत्तिका निम्ति उपयोग गर्छन । जीवशास्त्रीहरुले भ्यागुता कराउने बिषयलाई उनिहरुको प्रजनन प्रकृयासंग जोडेर बिश्लेषण गर्छन । प्राणीशास्त्री रामचन्द्र अधिकारीले पाहा भ्यागुतामध्ये भाले जातले मात्र कराउने गरेको बताए ।

उनले बर्षाऋतुमा पाहा भ्यागुताहरु जमिन मुनिबाट बाहिर निस्कने र पोथीलाई प्रजननका निम्ति आकर्षण गर्न ठुलो आवाजमा कराउने गरेको बताए । सबभन्दा ठुलो स्वरले कराउने भालेप्रति पोथीहरु आर्कषित हुने भएकाले भ्यागुतो कराउने गरेको जानकारी दिए ।

पाहा भ्यागुतोको स्वरले बर्षा ऋतुको आगमन भएको पुष्टि त गर्छ नै साथै किसानहरुलाई धान फसलको खेतीगर्न उत्साहित समेत गर्छ । जमेको पानी र खाल्डाहरुमा एकतमासले भ्यागुता कराउन थालेपछि कतिपय किसानहरुले त्यसलाई पानी पर्ने अग्रिम संकेतकोरुपमा लिने गरेका छन ।

भ्यागुताहरुले किरा फट्याङग्रा, मुसाका बच्चा र बाली विगार्ने हानीकारक किराहरु खाईदिने गर्नाले पाहा भ्यागुतालाई किसानको असल साथीकोरुपमा हेर्ने गरिएको जीवशास्त्री सोमप्रसाद निरौलाले जानकारी दिए । पर्यावरणिय सन्तुलन कायम राख्न ठुलो महत्व राख्ने यो जीवको अस्तित्व भने संकटमा छ ।

 पाहा भ्यागुतो

बढदो शहरीकरणका कारण खेतीयोग्य जमिन घट्दै जानु तथा बिषादीको प्रयोगले पाहा भ्यागुतोको जीवन संकटमा परेको जीवशास्त्रीहरुको भनाई छ । मासु खानका निम्ति गरिने शिकारका कारण यसको जीवन थप संकटमा परेको छ । अन्तरराष्ट्रिय कानुनहरुले संरक्षणको सुचिमा राखेको पाहा भ्यागुता नेपालका केहि समुदायले मासु खानका निम्ति समेत मार्ने गरेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]