Sorry, your browser does not support JavaScript! तीन पत्रकार पुरस्कृत - Merodesh.news

तीन पत्रकार पुरस्कृत

विराटनगर, २७ असार।  सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले तीनजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

पत्रकार

पत्रकार सहकारीले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर विराटनगरका पत्रकार अभयकुमार राई, उर्लाबारीकी ज्योति चौहान र इलामका पत्रकार भीम चापागाईलाई पुरस्कृत गरेको हो ।

चापागाईलाई ३१ हजार राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार र राईलाई २१ हजार राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजिवी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यस्तै उर्लाबारीबाट पत्रकारिता गर्दै आउनुभएकी ज्योति चौहानलाई १० हजार राशिको मिना श्रेष्ठ श्रमजीवि महिला राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

पत्रकार सामाजिक विकासमन्त्री जीवन घिमिरे र सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन भण्डारीले उहाँहरुलाई नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै मन्त्री घिमिरेले पत्रकारहरु समाज परिवर्तनका संवाहक रहेकाले पत्रकारिता पेशालाई व्यवस्थित बनाइनुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउन नसकेकाले पत्रकारिता पेशाबाटै पलायन हुने अवस्था रोक्न सबै पक्ष जिम्मेबार हुनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]