Sorry, your browser does not support JavaScript! आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग - Merodesh.news

आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

खोटाङ, २७ असार।  जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी १४ वर्षीया सविना राई, ११ वर्षीया तोयामी राई र ८ वर्षीय नौतन राईलाई पठनपाठनका लागि रु १५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

आमाबाबुविहीन बनेपछि नजिकको आफन्त शरणकुमार राईको शरणमा बसिरहेका बालबालिकालाई जिल्ला बाल कल्याण समितिले शैक्षिक क्रियाकलापका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आमा इन्द्रकला राईको २०७२ सालमा तथा बुबा शिवकुमार राईको गत मंसिर २९ गते मृत्यु भएपछि ती बालबालिका विचल्लीमा परेका हुन् ।

शैक्षिक सहयोगका लागि परेको निवेदनका आधारमा तीन बालबालिकालाई सहयोग गर्ने निर्णय गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त प्रमुख भुवन राईले बताउनुभयो । अभिभावकविहीन बनेकी सविना काठमाडौँमा, तोयामी इटहरीमा र नौतनलाई झापामा आफन्तको घरमा राखेर संरक्षण प्रदान गरिएको बताइएको छ ।

यसैगरी जिल्ला बाल कल्याण समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका सुस्तमनस्थितिका छात्र÷छात्राको आवास व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको छ । हाल एउटै कोठामा बसिरहेका कोठा पाटेसन गर्ने, काठको फ्लोरिङ गर्ने, लगाउने कपडा उपलब्ध गराउनेलगायतका लागि रु २५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

सुस्तमनस्थिति छात्र÷छात्राको आवास व्यवस्थापन, दृष्टिविहीन र बहिरा छात्र÷छात्राको सहयोगका लागि सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयका प्रमुख ठाकुर दाहाल र महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख राईलाई जिम्मेवारी दिइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]