Sorry, your browser does not support JavaScript! सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान - Merodesh.news

सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान

उदयपुर, २७ असार। सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएकामा त्रिनपा–३ मोतिगडाका जग्गा विक्रेता शिप्रसाद दाहाल र बुद्धिप्रसाद दाहाल रहेका छन् ।

यस्तै ललितपुर महानगरपालिका–३ खोकनाका जग्गा खरीदकर्ता नेपाल डंगोल, नापी शाखा कार्यालय उदयपुरका प्रमूख शिवचन्द्र ठाकुर, त्रिनपा–३ की वडा सदस्य हरिमाया शाही र लेखनदास हरि ढुंगानालाई अदालतका आदेशअनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको उदयपुरका प्रहरी प्रमुख(एसपी) नवराज भट्टले बताउनुभयो ।

प्रहरीका अनुसार गत जेठ १६ गते सगरमाथा राजमार्गअन्तर्गत गाइघाट कद्माहा सडकखण्डको त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने सात कट्ठा १९ धुर जग्गा स्थानीय शिवप्रसाद र बुद्धिप्रसाद दाहालले रु एक करोड तीन लाखमा ललितपुर खोकनाको नेपाल डंगोललाई बिक्री गरेका थिए ।

सडकको जग्गा बिक्री गर्ने किन्ने, सिफारिस गर्ने वडा सदस्य र कृतिम नक्सा बनाउने नापीशाखाका प्रमूख र लेखनदास सबैलाई अदालतको आदेशअनुसार पुर्पक्षको लागि जेल चलान गरिएको प्रहरीले बताएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]