Sorry, your browser does not support JavaScript! बिरामीलाई जवर्जस्ती राख्ने अस्पताललाई कार्वाहीको माग - Merodesh.news

बिरामीलाई जवर्जस्ती राख्ने अस्पताललाई कार्वाहीको माग

विराटनगर, २६ असार । थप उपचारकालागि रेफर गर्नुपर्ने बिरामीलाई जवर्जस्ती राखेर उपचारको बाहानामा पैसा असुल्ने अस्पतालाई कारवाही गर्न उपभोक्ताहरुले माग गरेका छन ।

भर्ना भएका बिरामीको थप उपचारकालागि अन्यत्र रेफर गर्नु पर्ने भएपनि आफ्नै अस्पतालमा राखेर जवर्जस्ती उपचार गर्न लगाउने विराटनगरको सञ्जीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिलाई कारवाही गर्न उपभोक्ताहरुले माग गरेका हुन् ।

उपभोक्तावादी संस्था पब्लिक फोरम नेपालले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने हस्पिटललाई तत्काल छानविन गरि आवश्यक कारवाही गर्न माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले उजुरी अनुसन्धान गरि दोषी अस्पताललाई कारवाही गर्ने प्रतिवद्धता जनाएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

विराटनगर अस्पताल चौकमा रहेको उक्त नीजि अस्पतलामा उपचार गराउन भर्ना भएकी बिरामी रुरुमाया मुगनलाई थप उपचारकालागि अन्यत्र रेफर गर्नुपर्ने भएपनि नगरि राखिएको थियो । अस्पतालमा कार्यरत चिकित्सकहरुले धरान रेफर गर्नुपर्ने बिरामीलाई अस्पतालमा जवर्जस्ती राखेर उपचारको बहाना बनाउनु गलत हुने भनेपछि अस्पतालको उक्त कर्तुत बाहिर आएको थियो ।

आफ्नोमा राखेर उपचार गराउनु पर्ने बिरामीलाई अन्यत्र रेफर गरेर घाटा पुरयाएको भन्दै सञ्जीवनी अस्पतालले कार्यरत डाक्टर आलोक रायलाई ५० हजार जरीवाना गराएको थियो । डाक्टर रायले आफुले उपचार गराउन नसक्ने र बिरामीलाई तुरुन्त विपी प्रतिष्ठान धरान लानुपर्ने बताएपनि अस्पतालले जवर्जस्ती गरेको थियो ।

पहिले नोवेल अस्पतालमा भर्ना गरिएकी बिरामी रुरुमाया मुगनलाई नोवेल अस्पतालले विपी प्रतिष्ठान धरान उपचारका लागि लैजान रेफर गरेको थियो । तर कमिसनको लोभमा परी एम्बुलेन्स चालकले बिरामीलाई सञ्जीवनी हस्पिटल पु¥याएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]