Sorry, your browser does not support JavaScript! पारिश्रमिक बृद्धिको निर्णय अवैज्ञानिकः उद्योग संगठन मोरङको निष्कर्ष - Merodesh.news

पारिश्रमिक बृद्धिको निर्णय अवैज्ञानिकः उद्योग संगठन मोरङको निष्कर्ष

विराटनगर, २५ असार। मजदुरको तलब बृद्धिको निर्णय अवैज्ञानिक र आधारहीन रहेको सुनसरी मोरङका उद्योगिहरुले दाबी गरेका छन ।  काठमाण्डौलाई केन्द्रीत गरि गर्न लागिएको पारिश्रमिक बृद्धिको निर्णयले तराई क्षेत्रका उद्योगहरु धराशायी हुने उनिहरुको दाबी छ ।

उद्योग संगठन

न्युनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको तलब १३ हजार ४५० कायम गर्न सरकारलाई सिफारिस गरेपछि सुनसरी–मोरङ औद्योगिक करीडोरका उद्योगी ब्यवसायी सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन ।

उद्योग संगठन मोरङको अगुवाईमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने उद्योग संगठन र मोरङ ब्यापार संघका पदाधिकारीले अवैज्ञानिक र हचुवाको भरमा पारिश्रमिक निर्धारण गरिएको दाबी गरेका छन ।

यसअघि ९ हजार ७ सय रहेको पारिश्रमिक एकैपटक १३ हजार ४ सय पु¥याउदा उद्योग संचालकहरु मारमा पर्ने र उद्योग संचालन गर्न नसक्ने अवस्थाको सृजना हुने उद्योगिहरुको दाबी छ ।

उनिहरुले निर्णय लिने क्रममा सबभन्दा बढी उद्योग र श्रमिकहरु रहेको सुनसरी–मोरङ र बिरगंज पर्सा औधोगिक करीडोरमा भएका ब्यापारिक र औद्योगिक प्रतिनिधिलाई पाखा लगाइएको गुनासो समेत गरेका छन ।उद्योग संगठन

उद्योग संगठनउद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले महंगी बृद्धिको सम्बन्धमा राष्ट्र बैंकले जारी गर्ने तथ्यांकमा समेत दुई बर्षयता साढे ८ प्रतिशत मात्र महंगी बृद्धि भएको अवस्थामा एकैचोटी अप्रत्याशित पारिश्रमिक बृद्धिले उद्योगहरु धराशायी हुने बताए ।

उहांले १३ हजार ४ सय ५० रुपैया पारिश्रमिक बृद्धि गरिए त्यो बिगतको भन्दा ३८.६६ प्रतिशत हुने र त्यसमा सामाजिक सुरक्षा, बोनस, दशैबिदा र अन्य सुविधाहरु समेत जोडे ६० प्रतिशत बढी पारिश्रमिक बृद्धि हुने बताउनुभयो । यसरी अप्रत्याशित गरिने बृद्धिले उद्योगहरु धराशायी हुने उहांको दाबी छ ।

यसअघिका पारीश्रमिक बृद्धिको निर्णयमा मोरङ र बिजरगंजका उद्योग सम्बद्ध पदाधिकारीलाई सहभागि गराउने गरिएपनि विगत दुई बर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघले आफुहरुलाई जानकारी नै नदिई एकतर्फी निर्णय गर्ने गरेको उहांको भनाई छ ।उद्योग संगठन

महासंघको वर्तमान कार्यसमितिले उद्योगीको हित विपरीत एकतर्फी निर्णयमा सर्मथन जनाएको समेत उद्योगीहरुले आरोप लगाएका छन । मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले पारिश्रमिक बृद्धिको निर्णयले महासंघका वर्तमान पदाधिकारी उद्योगीका समस्याका बिषयमा जानकार नरहेको पुष्टि भएको दाबी गरे ।

उद्योग संगठनका पुर्व अध्यक्षद्वय शिवशंकर अग्रवाल र मुकेशकुमार उपाध्यायले निर्धारण गर्न लागिएको न्युनतम पारिश्रमिकमा आफुहरुको असहमति रहेको बताए । कार्यक्रममा उद्योग संगठनका रोजगारदाता परिषदका उपाध्यक्ष राकेश सुराना लगायतले अप्रत्याशित पारिश्रमिक बृद्धिले मंहगी बढ्ने र उद्योगहरु धराशायी हुने बिचार ब्यक्त गरेका थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]