Sorry, your browser does not support JavaScript! एक नम्बर प्रदेश सभामा पुर्व राजा बिरेन्द्र र ज्ञानेन्द्को चर्चा - Merodesh.news

एक नम्बर प्रदेश सभामा पुर्व राजा बिरेन्द्र र ज्ञानेन्द्को चर्चा

विराटनगर, २५ असार । एक नम्बर प्रदेश सभाको २५ असारको बैठकमा पुर्व राजाहरु ज्ञानेन्द्र र बिरेन्द्रको चर्चा भएको छ ।

एक नम्बर प्रदेश

मुख्य प्रतिपक्षी दल काँग्रेका सेचतक केदार कार्कीले बिशेष समय माग गरेर बोल्दै सदनमा पुर्व राजा ज्ञानेन्द्र र बिरेन्द्रको चर्चा गरेका हुन । उनले बर्तमान ओली नेतृत्वको सरकार पुर्व राजा ज्ञानेन्द्र जस्तै निरंकुश बन्दै गएको आरोप लगाए । कार्कीले साँकृतिक बिश्वबिद्यालयका उपकुलपतिलाई बिदेश जान नदिएर बालुवाटारमा लगेर थुन्नु र डा. गोविन्द केसीका मागहरुलाइ सुनवाई नगर्नु राणाकालिन समयको जस्तै अवस्थामा सरकार उत्रिएको बताए ।

सचेतक कार्कीले पुर्व राजाहरु बिरेन्द्र र ज्ञानेन्द्रको चर्चाा गर्दै, प्रजातन्त्रके पक्ष लिएकोले बिरेन्द्रको छबि नकारात्मक नभएको तर निरंकुशता लादेकोले ज्ञानेन्द्रको छवि नकारात्मक भएको हो भने । कार्कीले भने, “निषेधाज्ञा जारी गरेर बोल्न समेत नदिनुले संघिय सरकार निरंकुश महाराज बन्न खोेजेको प्रस्ट भएको छ यो टिक्न सक्दैन महाराज बन्नेहरुको हालत जनताले के बनाइदिएका छन सबैलाई थाहा छन ।”

अन्तर प्रदेश बासिन्दाको काुननमा सत्ता पक्षका साँसदहरु बिभाजित

देशको अर्को प्रदेश र बिदेशबाट आएका बासिन्दाहरुको सम्मान सुरक्षा र सेवा सुबिधा कस्तो हुने भन्नेबारे एक नम्बर प्रदेश सरकारले कानुन निर्माण गर्न थालेको कानुनको बिधेयकबारे सत्ता पक्षका साँसदहरु बिच मतभेद भएको छ ।
अन्तर प्रदेश बासिन्दाहरुको सेवा, सम्मान व्यवहार, सुरक्षा र सेवा सुबिधाबारेको बिधेयक २०७५ एक नम्बर प्रदेश सभामा पेश भएर छलफल सुरु भएपछि उक्त्त बिधेयकका दफाहरुबारे सत्ता पक्षका साँसदहरु बिच नै चर्को मतभेद भएको हो।

अन्तर प्रदेश बासिन्दाहरुको सम्मान, सुरक्षा सेवा र सुबिधा सम्बन्धि बिधेयक २०७५ सोमवार एक नम्बर प्रदेश सभामा पेश भएर छलफल सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कील प्रस्ताव गरेको उक्त्त बिधेयक उपर एक नम्बर प्रदेश सभामा छलफल भएपछि सभामुखले आवश्यक शंसोधनकालागि समय दिएका छन ।

सत्ता पक्षका साँसद बिमल कार्कीले भने, “बिधेयक हतारोमा आयो दफावार छलफलकालागि बिद्यायन समितिमा पठाऔ”

सोमवार पेश भएर छलफल सुरु भएको बिधेयक शंसोधन गनू पर्ने भन्दै मन्त्री हिक्मत कार्की र सत्ता पक्षका प्रदेश साँसदहरुले सभामा तर्क गरेका छन । तर सत्ता पक्षकै केही साँसदहरुले बिधेयक हतारोमा ल्याएकोले दफावार छलफलकालागि बिद्यायम समितिमा पठाउनु पर्ने माग गरेका थिए ।

उक्त्त बिधेकको छफफलमा बोल्दै सत्ता पक्षका साँसद बिमल कार्कीले बिधेयकमा बिदेशी नागरिकलाई पनि नेपाली नागरिक सरह सेवा सुबिधा र सुरक्षा दिने व्यवस्थामा बिचार गर्नुपर्ने माग गरेका थिए । यसैगरि उनले लोपोन्मुख, अल्पसँख्यक र आदिबासी जनजातिहरु पहिचान र बासोवासको सुरक्षाकालागि कानुनमा प्रस्ट उल्लेख गरिनुपर्ने माग गरे ।

उनका अनुसार कानुनमा प्रस्ट उल्लेख नभएमा अन्तर पदेश वा बिदेशबाट आएका बासिन्दाहरुले प्रदेशका सिमान्तकृतहरुको अधिकार हडपेर उनिहरुलाई बेदखल गर्ने जोखिम रहनेछ । उनका अनुसार दुर्गम पहाडी र हिमाली क्षेत्रहरुमा बसोवास गरिरहेका अल्सख्यक र सिमान्तकृतको हकबारे सरकार गम्भिर हुनुपर्दछ ।

उनल भने, “हतारमा गम्भिर कानुन निर्माण गर्नु भन्दा पनि बिद्यायन समितिमा लगेर दफावर छलफल गर्नु आवश्यक छ ।”

सत्ता पक्षकै साँसद राजकुमार ओझाले भने, “बिद्येयक अति नै सान्र्दभिक छ, कुनै शंसोधन आवश्यक छैन ।”

सत्ता पक्षकै अर्का प्रदेश साँसद राजकुमार ओझाले चाँही सकारले सभामा प्रेश गरेको अन्तर प्रदेश बान्दिाहरुको सम्मान सेवा सुबिधा र सुरक्षकालागिको बिधेयक अति नै सान्र्दभिक भएकोले कुनै शंसोधन आवश्यक नभएको बताएका थिए । उनले देशमै पहिलो चोटी संबेदनशिल बिषयमा कानुनको मस्यौदा सभामा पेश गरेकोमा सरकार मन्त्री हिक्मत कार्कीलाई धन्यबाद दिए ।

उनले  भने, “बिधेयकमा उल्लेख भएका सबै कुरा सान्र्दभिक छन यसैले म सहर्ष स्विकार गर्दछु ।” मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेसका साँसद शान्तादेबी पौडेलले सरकारले पेश गरेको बिधेयक सान्र्दभिक भएपनि बिदेशी नागरिकहरुको हकमा भने पुर्न बिचार गर्नुपर्ने बताइन ।

कानुन मन्त्री हिक्मत कार्की भन्छन, “बिधेयक अति नै सान्र्दभिक भएकोले शंसोधन आवश्यक छैन”

अन्तर प्रदेश बासिन्दाको सम्मान, सुरक्षा र सेवा सुबिधा सम्बन्धि बिधेयक अति नै सान्र्दभिक भएकोले त्यसलाई बिधाय समितिमा थप छलफल गर्न आवश्यक नभएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए । उनका अनुसार ७ वटा दफा भएको उक्त्त बिधेयकले अन्तर प्रदेशबाट आउने बासिन्दाहरुको अधिकार नेपालको प्रचलित संबिधान अनुसार ग्यारेन्टि गरेको र भदेभाव गर्नेलाई दण्ड सजाय अनि पिडितलाई क्षतिपुर्तिको अधिकार समेत सुनिश्चत गरेको जानकारी गराए ।

मन्त्री कार्कीले अल्पसँख्यक, आदिबासी जनजाति रैथानेहरुको भाषा, धर्म, ऐतिहासिकताको रक्षाकैलागि प्रदेश सरकारले कानुन बनाउन लागेकोले त्यसलाई अन्यथा नलिन आग्रह गरे । उनले बिदेशी नागरिकहरु पनि प्रदेशमा आएर बसोवास गरिसकेपछि उनिहरुको सम्मान र सुरक्षा सरकारको दायित्व भएकोले यसबारे शंसोधन गरिरहनु आवश्कय नभएको बताए । उनले भने, “हामीले बिदेशीहरुको सम्मान र सुरक्षा गरेनौ भने हामी बिदेशमा बस्दा अरुले चाँही किन गर्ने ?”

भेदभाव गर्नेलाई १ लाख रुपैया सम्म जरीवना पिडितलाई अदालतको आदेश अनुसार क्षतिपुर्ति

प्रदेश सभामा प्रस्तुत भएको अन्तर प्रदेश बासिन्दाको सम्मान, सुरक्षा र सेवा सुबिधा सम्बन्धि बिधेयकमा अन्य प्रदेशबाट कानुन बमोजिम आएर बस्ने नागरिकहरुलाई प्रदेशका नागरिक सरह सम्मान जनक व्यवहार हुने र समान सुरक्षा र व्यवहार प्रदान गरिने कुरा उल्लेख छ । यसैगरि कसैले उनिहरुलाई भेदभाव गरेमा १० हजारदेखी १ लाख रुपैया सम्म जरीवाना हुने र न्यायलयले तोके अनुसार पिडितले क्षपिुर्ति समेत पाउने छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]