Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम शाक्य हत्या आरोपमा थप तीनलाई जेल तीन धरौटीमा छाडिए - Merodesh.news

सुन तस्करी र सनम शाक्य हत्या आरोपमा थप तीनलाई जेल तीन धरौटीमा छाडिए

पहिलो चरणको अनुसन्धानपछि मोरंग प्रहरीले सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५सय ६३ ग्राम बरावर सुन तस्करी गरेको अभियोगमा ६३ जना बिरुद्ध दर्ता मोरंग जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो ।

विराटनगर, २५ असार । सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुरक अभियोग दर्ता गरिएका सात अभियुक्त्तहरु मध्ये अदालतले तीन जनालाई धरौटीमा छाडेको छ भने तीन जना पुर्पक्षकालागि जेल चलान भएका छन । एक जना चाँही फरार छन ।

सुन तस्करी र सनम शाक्य हत्या आरोपको दोस्रो चरणको अनुसन्धान अन्र्तगत अनुसन्धान सकिएपछि पुरक अभियोग दर्ता गरिएका सात मध्ये तीन जनालाई सोमबार जिल्ला अदालत मोरंगले तीन जनालाई धरौटी र तीन जनालाई पुर्पक्षकालागि जेल चलान गरेको हो।

जिल्ला अदालत मोरगका श्रेस्तेदार नवराज दुलालका अनुसार मोरंग अदालतका न्यायधिश नारायणप्रसाद शर्माको इजालासले मोरग उर्लाबारीका रेवन्त आर्चायलाई १ लाख २१ हजार र दोलखा चरिकोटका मोतिराम श्रेष्ठ र झापा दमका बिनोद अधिकारीलाई जनही १ एक लाख रुपैया धरौटीमा छाडन आदेश गरेको हो ।

अदालतले काठमाण्डौका मदन सिलवाल , लच्छुबहादुर गुरुङ र रामकुमार तिवारीलाई चाँही पुर्पक्षकालागि कारागार पठाउन आदेश गरेको छ । पुरक अभियोग दर्ता भएका तर परार रहेका मोरंग उर्लाबारीका सन्दिप खडकाको हकमा म्याद पुर्जी जारी हुनेछ ।

१८ फागुनमा मोरंगको उर्लाबारी नगरपालिका १ स्थित जंगलमा उर्लाबारी ७ का युवा सनम शाक्यको हराएको साढे ३३ केजी सुन पत्ता लगाउन क्रममा नाइके गोरे भनिने चुडामणी उप्रेतीको समुहले हत्या गरेको थियो । सनको शव १९ फागनु बिहान विराटनगर ३ स्थित पोखरियामा जीप भित्रबाट प्रहरीले बरामद गरेको थियो ।

त्यसपछि गृह मन्त्रालयले बिशेष छानबिन टोली गठन गरि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे बिशेष अनुसन्धान थालेको थियो । पहिलो चरणको अनुसन्धानपछि मोरंग प्रहरीले सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५सय ६३ ग्राम बरावर सुन तस्करी गरेको अभियोगमा ६३ जना बिरुद्ध दर्ता मोरंग जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो ।

जसमा पक्राउ परेकाहरु ३१ जना पुर्पक्षकालागि कारागार गैसकेका छन । दोस्रो चरण अन्र्तग अभियोग लागेका सात मध्ये तीन जना पुर्पक्षकालागि कारागार चलाउन भएका छन । हालसम्म सुन तस्करी र सनम शाक्य अपराध प्रकरणमा अभियोग दर्ता भएका अभियुक्त्तरुको सँख्या ६८ र पक्राउ पर्नेहरु ७३ र जेल जानेहरुहरुको सँख्या ३४ पुगिसकेको छ । अभियोग दर्ता भएकाहरु मध्ये ३३ जना अझै फरार छन ।

दोस्रो चरण अन्र्तग प्रहरीले पाँच जनालाइृ पक्राउ गरेर सुन कारोवारीहरु बिमल पोद्दार, ईम्तियाज उद्दिन, राजकुमार दारुका, अकवर शाह र प्रभात आग्रबाललाई संगठित अपराध अन्तर्गत अनुसन्धानकालागि म्याद थप गराएरे अनुसन्धान जारी राखेको छ । उनिहरुलाई म्याद थप गरेको मितिदेखी ६० दिन सम्म हिरासतमा राखेर पुर्पक्ष गर्न पाउन

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]