Sorry, your browser does not support JavaScript! राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट - Merodesh.news

राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट

काठमाडौं, २५ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेद सँग शिष्टाचार भेटघाट गर्नुभएको छ ।

शिष्टचार भेटघाट

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताउनुभएको थियो । तिमिल्सिनाले नेपाल र पाकिस्तान लामो संक्रमण पछि शान्ति र विकासमा अगाडि बढेकाले आगामी दिनमा दुई देशबीच सहकार्य व्यापार, पर्यटन, लगानीमा केन्द्रित गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

आगामी जुलाई २५ गते पाकिस्तानमा हुन गइरहेको आम निर्वाचनको शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएको प्रतिनिधि नै जनताको खास प्रतिनिधि हो । नेपालमा पनि भर्खर निर्वाचन सम्पन्न भएर नयाँ प्रतिनिधि चुनिएका छन् । पाकिस्तानमा पनि आम निर्वाचनबाट सोहीअनुसार प्रतिनिधि छनौट हुनेछन् । जसले गर्दा दुई देशबीचको सहकार्य थप मजबुद बन्नेछ ।’

शिष्टचार भेटघाट

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले पाकिस्तानले क्षेत्रीय संगठनमा खेलेको भूकिका, आतंकबादविरुद्ध चलाएको अभियानको प्रशंसा गर्दै क्षेत्रीय समस्यामा संयुक्त रुपमा समधान खोज्नुपर्ने धारणा राख्नुभयो ।  साथै उहाँले जनस्तरको सम्बन्धलाई मजबूद बनाउनका लागि पाकिस्तानले संस्कृति, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो । ‘हाम्रो जनस्तरको सम्बन्ध मजबूद छ । यसलाई अझ विस्तार गर्न खेलकूद लगायतका क्षेत्रमा पनि सहकार्य जरुरी छ,’ उहाँले भन्नुभयो, ‘पाकिस्तान क्रिकेट खेलमा अगाडि छ । जसमा नेपाली खेलाडीलाई पनि अवसर दिनेछ भन्ने अपेक्षा छ ।’

भेटमा पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताउनुभयो । उहाँले पाकिस्तान आतंकबाद लाई नियन्त्रण गर्दै देशको विकासमा केन्द्रित भएको जानकारी गराउनुभयो । ‘हामी मित्र राष्ट्रसँगको सहकार्यमार्फत विकास र समृद्धिमा केन्द्रित भएका छौं,’ उहाँले भन्नुभयो, ‘नेपालमा पनि सरकार र जनस्तरको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो सहकार्यलाई अझ मजबुद बनाउन चाहन्छौ ।’

भेटका क्रममा राजदूत जावेदले अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमण गरी दुई देशको संसदबीचको सम्बन्ध पनि सुमधुर बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]