Sorry, your browser does not support JavaScript! वाणिज्य तथा पारवाहन सन्धि नबिकरण हुदा नेपाली आत्म सम्मान नगुमोस - Merodesh.news

वाणिज्य तथा पारवाहन सन्धि नबिकरण हुदा नेपाली आत्म सम्मान नगुमोस

एक नम्बर प्रदेशका उद्योगी व्यापारीहरु भन्छन :

  • भारतको ल्याव टेस्ट नेपालले मान्नुपर्ने अनि नेपालको टेस्ट भारतले नमान्ने यो असमान सन्धि कार्यान्वयनको अवस्था हो ।
  • भारतीय मालबाहक सवारी निर्वाध सहज पासमा नेपालभर हिँडछन तर नेपाली सवारीहरुको हकमा भारतले बैक ग्यारेन्टि लिन्छ ।
  • भारतले मनखुसी निर्यात रोक्ने, एण्टि डम्पिंग शुल्क लगाउने गर्छ तर नेपालले किन भारतीय बस्तुको आयतमा कडाई गर्ने र शुल्क नलगाउने ?

विराटनगर, २५ असार। समान रुपमा कार्यान्वयन गर्ने गराउनेगरि भारतसँग बाणिज्य तथा पारवहन सन्धि पुनरावलोन गर्न एक नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन ।

नेपाल सकारले भारतसँगको बाणिज्य तथा पारबहन सन्धि पुनरावलोन गर्नै तैयारी गरिरहेका बेला एक नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले आत्म सम्मानमा ठेस पुरयाउनकालागि नभै समान रुपमा कार्यान्व्यन गराउने सन्धि कार्यान्वनय गर्न सरकारसँग आग्रह गरेका हुन ।

सन्धि भारतको अनुकुलता अनुसार मात्र कार्यान्वयन हुनुहुदैन

नेपाल उद्योग बाणिज्य महासंघ एक नम्बर प्रदेश अध्यक्ष नरेन्द्र खडकाले हरेक चार चार बर्षमा पुनरावलोन हुदै आएको नेपाल भारत बाणिज्य सन्धि सधै भारतकै अनुकुलता अनुसार मात्र कार्यान्वयन हुदै आएको तर नेपालका उद्योगी व्यापारीहरुले सधै हण्डर मात्र पाइरहेकोले अव सरकारले प्रस्टसँग समस्या टेबल गरेर सन्धि पुनरावलोकन गर्नुपर्ने बताए । उनका अनुसार कृषी जन्य उत्पादनमा एक देशमा चेक गरिसकेको क्वारेन्टाइन अर्को देशमा चेक गरिरहनु पर्ने प्रभावधान नभएपनि अझै भारतले नेपालमा उत्पादन भएका गोलभेडा , अदुवा , अलैची लगायतका उत्पादनमा ल्याव टेस्टका नाममा बखेडा झिकेर बाधा हलिरहेको बताए ।

नेपाली सवारीहरु पनि सहज रुपमा भारत जान आउन पाउनुपर्छ

झापा उद्योग बाणिज्य सघका अध्यक्ष सिताराम श्रेष्ठले भारतबाट दैनिक टनका टन तरकारी र खाद्य पर्दाथहरु बिना चेकजाँच सहज रुपमा नेपाल भित्रिरहेको र गाडीहरु समेत निर्वाध आवत जावत गरिरहेको त नेपाली उत्पादनले भने भारतकै ल्यावमा हप्तौ लगाएर टेस्ट गर्नुपर्ने समस्या कायमै रहनु दुखलाग्दो मात्र नभएर आत्म सम्मानमा नै चोट पुग्ने कुरा हो भने ।

पाँचथरका अदुवा व्यवसायी गणेश पोखरेलले भारतले पानीटयांङकी नाकाबाट नेपालमा उत्पादन भएका गोलभेडा समेत निर्यातमा रोक लगाएपछि दैनिक २५ टन गोलभेडा कुहिन बाध्य भएको बताए । उनका अनुसार भारतीय कस्टमले अदुवा र अलैची र चिया निकासीमा पनि ल्याव टेस्टको बहानामा हप्तौसम्म दुख दिदै आइरहेको छ । उनका अनुसार सहज रुपमा निकासी हुने बस्तुमा पनि भारतले बाधा हाल्दा उद्योगी व्यवसायीहरु मात्र नभएर नेपाली ट्रक व्यवसायीहरु समेत मारमा पर्दै आएको जानकारी गराए ।

भन्सार एजेन्ट संघका केन्द्रिय उपाध्यक्ष किशोर शाहीले भारतले पारबहन सन्धि कसरी लागू गर्छ भन्ने कुरा गत बर्ष साउनमा भत्केकेको बिहारको वथनाह स्थित मीरगन्ज पुल अझै सम्म पुर्ण हालतमा संचालनमा आउन नसकेको उदाहरण प्रस्ट भएको बताए ।

नेपाल सरकार टुलुटुलु हेरेर बस्नु हुँदैन

उद्योगी व्यवसायीहरुले नेपाली कृषी उत्पादनको निकासीमा अवरोध पुरयाउँदा नेपाल सरकारले पनि टुलुटुलु हेरेर बस्न नहुने अब भारतीय तरकारी , खाद्यन्न आयतमा पनि कडाई गर्नुपर्ने सुझाव दिए । उनीहरुले पारवहन सन्धि अनुसार नेपालले भारतीय सवारीहरुलाई निर्वाध सहज पासकै आधारमा आवत जावत गर्न दिएपनि भारतले भने बैक ग्यारेन्टि लिने गरेको गुनासो गरे । अलैची व्यवसायी अशोक मुरारकाले भारतीय कस्टमका अधिकारीहरु आफै सरकार झै बनेर नयाँ नयाँ कानुन लगाएर कृषी उत्पादनको निकासीमा गदै आएको सरकारले पुर्ण रुपमा हटाउनुपर्ने सुझाव दिए ।

अलैची व्यवसायी संघका कोषाध्यष सुभाष भट्टराईले भारतमा मात्र नभै तेसे मुलुक निर्यात गर्न लागेका उत्पादनहरुमा समेत भारतले अनेक झन्झट लगाएर अवरोध गर्ने गरेको बताए । उनले भने , “सन्धि अनुसार समुन्द्र मार्ग सम्म भारतीय सडक प्रयोग गर्न पाउने हाम्रो अधिकार छ तर भारतले त्यसलाई सहजतासाथ पालना गर्न चाहैकै छैन ।”

एसियन थाईफुडसका प्रबन्ध निर्देशक तथा मोरंग व्यपार संघका पुर्व अध्यक्ष महेश जाजुले नेपालबाट दोस्रो र तेस्रो मुलुकमा खाद्य बस्तुको निर्यात बढाउन ल्याव टेस्टलाई सन्धि मार्फत नै सहज बनाउनुपर्ने सुझाव दिए । अर्थ बिज्ञ प्राध्यापक डाक्टर पिके झाले नेपालको निर्यात हुने बस्तुहरु अझै पनि परम्परागत अवस्थाकै रहेको र पनि भारतले अनेक दुख दिनु जायज नभएको बताए ।

उनले नेपालले आफनो उत्पादनमा आत्म निर्भर हुन आयातलाई व्यवस्थापन गर्नु अति आवश्यक भएको बताए । अलैची व्यवसायी महासंघका महासचिव ओमकृष्ण बिमलीले नेपाली कृषी उत्पादनको नाम थर (ब्राण्ड) अधिकार कायम गरिनुपर्ने र जाँचपास सहज बनाइनुपर्नेमा जोड दिए ।

सन्धि कार्यान्वयन भएमा व्यपार घाटा कम हुन्छ

उद्योगी व्यपारीहरुले सन्धिबारे भारतसँग बार्ता गर्दा निर्भिक भएर समस्याहरु प्रस्ट राखेर ‘वान टु वान’ बार्ता गर्नुपर्ने र आत्म सम्मानलाई ख्याल गर्नुपर्नेमा जोड दिएका छन । नेपाल उद्योग बाणिज्य महासघका केन्द्रिय सदस्य अविनाश बोहोराले हरेक चार चार बर्षमा नबिकरण हुने नेपाल भारत बाणिज्य तथा पारवहन सन्धि सहि ढगले कार्यान्यवन हुन सकेमा नेपालको भारतसँगको व्यपार घाटा निक्कै कम भएर जाने बिश्वास गरे ।

उनका अनुसार सन १९९६ मा सन्धि नबिरण हुँदा व्यपार घाटा निक्कै कम भएपनि सन २००३ पछि हवात्तै बढेर गएको हो । नेपाल उद्योग बाणिज्य महासंका एसोसिएट उपाध्यक्ष तथा एक नम्बर प्रदेशका सभासद निलम बस्नेतले आत्म सम्मानसाथ प्रंस्ट समस्या राख्न नसक्दा नेपाल भारत व्यपार तथा पारबहन सन्धि सही ढंगले कार्यान्वन गराउन सरकार सचेत हुनुपर्नेमा जोड दिए ।

उद्योग बाणिज्य संघकै केन्द्रिय उपाध्यक्ष किशोर प्रधानले आयात र निर्यातको अनुमति अव संघबाट नभै प्रदेश स्तरबाटै दिने व्यवस्था गर्नुपर्ने र नेपाली उत्पादनको बजार झन्झट खेपेर भएपनि भारत नै निर्यात गर्नुपर्ने मानसिकताबाट अन्त भएर नेपालमै खपत गर्नेतर्फ अग्रसर हुनुपर्ने सुझाव दिए ।

नेपालमा पेसेन्जर रेल पनि आउन पाउनुपर्छ

भारतबाट नेपालमा कार्गो मात्र नभै पेसेन्जर बाहक रेल पनि आउन दिनुपर्ने, नेपाली मालबाक सवारीहरुलाई सहज पासमा भारत जान आउन दिनुपर्ने, भारतीय बस्तुमा पनि भारतले जस्तै एण्टिडम्पिंङ शुल्क लगाउन पाउनुपर्ने, क्वारेन्टाइनमा भएको बाधा नदोहोरिने गरि तुरुन्त हटाउनुपर्ने, प्राइभेट रेल्वे ढुवानी कम्पनीहरुलाई पनि प्रोत्साहित गर्न पहल गरिनुपर्ने र प्रकोप र अन्य कारणले ढुवानीमा अवरोध भएमा रिरुट गरेर मालसमान ल्याउन पाउनुपर्ने, नेपाल र भारतका व्यपारिक नाकाहरुबाट मात्र कारोवार गर्नुगराउनुपर्ने लगायतका समस्याहरु अबको बाणिज्य तथा पारबहन सन्धिमा प्रस्ट उल्लेख गरिनुपर्ने उद्योगी व्यवसायीहरुको सुझाव छ ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले उद्योगी व्यपारीहरुको सुझावलाई सन्धिबारे छलफल गर्दा प्रस्ट राख्ने र अधिकतम पक्षमा पार्न सरकार लागिपर्ने बताए । उनले अव नेपलामा स्थायी सरकार बनिसकेकोले बाणिज्य सन्धि व्यपारघाटलाई निरुत्साहित गर्नेगरि नबिकरण हुने बिश्वास दिलाए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]