Sorry, your browser does not support JavaScript! मोरङमा कुनै पनि स्थानिय तहको गुरु योजना छैन, प्रोफाइल भर्खर बनाउदै - Merodesh.news

मोरङमा कुनै पनि स्थानिय तहको गुरु योजना छैन, प्रोफाइल भर्खर बनाउदै

विराटनगर,  २५ असार । दिगो बिकास र लक्ष्यहरु हासिल गर्न गुरु योजना अति नै महत्वपुर्ण मानिन्छ । तर मोरंगका हुनै पनि स्थानिय तहले आफनो गुरु योजना बनाउन भ्याएका छैनन ।


मोरंगमा रहेका १ महानगर ८ नगर र ८ गाउँपालिका मध्ये केहीले भर्खर प्रोफाल बनाउन भ्याएपनि अझै सम्म गुरु योजना बनाउन भने कसैले पनि भ्याएका छैनन ।  विराटनगर महानगरपालिकाले प्रोजेक्ट बेस प्लान तैयार गरेर काम गरेपनि दिर्घकालिन बिकासको रणनैतिक योजनाकालागि गुरु योजना तैयार गरेको छैन । प्रमुख प्रशासकिय अधिकृत कुमार दहालले महानगरमा प्रोजेक्ट बेस मास्टर प्लान भएपनि गुरु योजना चाँही निर्माण नभएको बताए ।

बेलबारी नगरपालिकाले पनि आफनो गुरु योजना बनाइसकेको छैन । प्रपअ गणेशप्रसाद दहालका अनुसार नपाले प्रोफाइल बनाउन पनि भर्खरै सुरु गरेको छ । रंगेली नगरपालिका प्रप्रअ, लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ शहरी योजनामा परेकोले रंगलीले प्रोफाइल बनाउन भ्याएको छ । तर अझै गुरु योजना भने निर्माण गरेको छैन ।

सुन्दरहरैचा नगरपालिक प्रप्रअ , जीवन अर्चायले पनि नपाको गुरु योजना नभएको र प्रोफाइनल पनि भर्खर तैयार हुदै गरेको जानकारी दिए । सुनबर्षी नगरपालिकाले पनि आफनो गुरु योजना बनाएको छैन नपा प्रमुख कालिकुमार दासले भर्खर नपाको प्रोफाइल तैयार गर्न लागेको तर गुरु योजना भने निर्माण नभएको बताए ।

रतुवामाई नगरपालिकाले पनि प्रोफाइल बनाए पनि माष्टर प्लान बनाएको छैन । लेटांग नगरपालिका प्रपअ हरिप्रसाद चापागाईका अनुसार गुरु योजना त परै जावोस यहाँ अझै प्रोफाइल समेत बनिसकेको छैन ।
पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकाले प्रोफाइल बनाए पनि गुरु योजना बनाउन भ्याएका छैनन ।

यसैगरि गाउँपालिकाहरु धनपालथानले प्रोफाइल बनाएपनि गुरु योजना बनाएको छैन । कटहरी गाउपालिकाकाले भर्खर आफनो प्रोफाइल बनाउन थालेको छ ।जहदा गाउँपालिकाको नत प्रोपाइल छ नत गुरु योजना नै । केरावारी गाउँपालिको पनि प्रोफाइल र गुरु योजना दुवै छैन ।

मिक्लाजुंग गाउँपालिकाले चाँही प्रोफाइल तैयार गरिसकेर गुरु योजना बनाउने तर्खर गरिरहेको छ । गाप प्रमुख देवीप्रसाद अर्चायले भने,  “हामी सकेसम्म चाँडो गुरु योजना बनाएर काम गर्ने तर्खरमा छौ ।”

कानेपोखरी गाउँपालिको पनि गुरु योजना छैन । तर भर्खर आफनो प्रोफाइल चाँही बनाउन सुरु गरेको छ । बुढीगंगा गाउँपालिकाको आफनो प्रोफाइल तैयार गरिसकेपनि गुरु योजना बनाउन भ्याइसकेको छैन । ग्रामथान गाउँपालिकाको प्रोफाइल छ तर गुरु योजना छैन ।

बिकासको लक्ष्य हासिल गर्न गुरु योजना आवश्यक –  डा पिके झा, अर्थ बिद,

अर्थ बिज्ञ डाक्टर पिके झाका अनुसार योजनाबद्ध बिकासकालागि गुरु योजना अति आवश्यक हुन्छ । गुरु योजना भएन भने बिकासको गनतव्य प्रस्ट हुदैन र अलमलिन पुग्छ । जसले लगानीकर्ताले आफनो लक्ष्य पुरा गर्न सक्दैन भने टार्गेट बर्गले पनि बिकासको प्रतिफल अनुभुति गर्न पाउदैन ।

डा झाले आवधिक योजनाहरुलाई प्रभावकारी कार्यान्वयन गराउनकालागि सबै स्थानिय तहले प्रोफाइल र गुरु योजना निर्माण गर्नुपर्नेमा जोड दिए । सुरुआती समय भएर अनि जनप्रतिनिधिहरुलाई थाहा नभएर नबनाए पनि चाडो सबैले गुरु योजना निर्माण नगरि काम गर्न हुदैन भने ।

एक नम्बर प्रदेश अर्थमामिला था योजना मन्त्रालयका सल्लाहकार समेत रहेका उनले भने ,– ‘यसबारे प्रदेश सरकार पनि सचेत भैसकेको छ आगामी बर्ष भित्र प्रदेश भरिका स्थानिय तहले गुरु योजना निर्माण गर्नुपर्नेछ ।,

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]