Sorry, your browser does not support JavaScript! अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने - Merodesh.news

अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

मोरङ, २५ असार।  हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।

अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो ।

सम्मेलन फागुन २ र ३ गते हुनेछ । सम्मेलनमा जापान, सिंगापुर, डेनमार्क, पाकिस्तान, श्रीलंका, भारतलगायत देशका दर्जनौँ अर्थोपेडिक सर्जनको सहभागिता रहने छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका अध्यक्ष डा नवीन कर्णका अनुसार प्रदेश १ को मेची र धरानमा कार्यरत थप हाडजोर्नीका विशेषज्ञ चिकित्सकलाई संलग्न गराएर प्रदेशस्तरीय एशोसिएशन गठनको समेत तयारी भइरहेको छ ।

यसैगरी हाडजोर्नीको उपचारमा संलग्न विराटनगरका विशेषज्ञ चिकित्सकको भेलाले ११ सदस्यीय अर्थोपेडिक एशोसिएशन विराटनगर गठन भएको छ । केन्दीय अध्यक्ष डा बुलन थापाको उपस्थितिमा आयोजित भेलाले डा कर्णको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष डा बस्नेतसहित उपाध्यक्षमा डा प्रकाश सिटौला, कोषाध्यक्षमा डा रञ्जीत झा, सचिवमा डा नवीन सुवेदी र सहसचिवमा डा योगेन्द्र गुप्तालाई मनोनयन गरेको छ ।

त्यसैगरी सदस्यमा डा सञ्जय साह, डा सन्तोष थापा, डा सुमन कुँवर डा विभूति मिश्रा, डा रवीन श्रेष्ठ रहनुभएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]