Sorry, your browser does not support JavaScript! कार्यालयमा थुनिएका क्याम्पस प्रमुख ५ घण्टापछि मुक्त - Merodesh.news

कार्यालयमा थुनिएका क्याम्पस प्रमुख ५ घण्टापछि मुक्त

विराटनगर, २४ असार। कार्यकक्षमै थुनिएका महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख सहितका ५ जना ५ घन्टापछि मुक्त भएका छन ।

क्याम्पस प्रमुख

विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच भएको वार्तापछि उनिहरु मुक्त भएका हुन । वार्ताको क्रममा १९ बुंदे सहमति भएपछि क्याम्पस प्रमुख र प्रशासन शाखामा लगाइएको ताला खोलिएको आन्दोलित विद्यार्थी संगठनमध्येका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम मोरङ इन्चार्ज दिपेन्द्र मेहताले जानकारी दिए ।

क्याम्पस प्रमुख

दुई पक्षबीच भएको वार्तापछि एमपीएमा गरिएको शुल्क बृद्धि क्याम्पसले फिर्ता लिने, बीपीए कोर्समा २८ हजारका अतिरिक्त लिने गरिएको २५ सय परीक्षा शुल्क नलिने र परीक्षा शुल्क बुझाईसकेका विद्यार्थीको रकम आगामी शैक्षिकसत्रमा समायोजन गरिने सहमति भएको छ । यस्तै प्राईभेट प्रोग्रामहरुमा १५ प्रतिसत विद्यार्थीलाई छात्रबृति दिईने र आगामी कात्तिक मसान्ताभित्र क्याम्पसको आयब्यय सम्बन्धि स्वेतपत्र जारी गरिने सम्झौता भएको मेहताले जानकारी दिए ।

विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच भएको सहमतिका थप बुंदाहरुमा क्याम्पसलाई आवश्यकपर्ने सामाग्रि खरीदगर्दा टेण्डर प्रकृयाबाट खरिद गर्ने र रिसर्च ल्याबलाई थप प्रभावकारी बनाईने लगायतको बिषयमा सहमति भएको छ ।

यसअघि अनेरास्ववियु,अखिल क्रान्तिकारी र नयां शक्ति विद्यार्थी युनियन क्याम्पस ईकाईका विद्यार्थीहरुले आज दिउसो १२ बजे क्याम्पस प्रमुख बाबुराम तिम्सिना सहित सामान्य प्रशासन प्रमुख गुदडप्रसाद यादव र साहायक क्याम्पस प्रमुखत्रय मोहनकुमार श्रेष्ठ,सुशील अधिकारी र ताराप्रसाद यादवलाई क्याम्पस प्रमुखको कार्यकक्षमा थुनिदिएका थिए ।

सम्झौतापत्रको तस्वीरः

क्याम्पस प्रमुख

क्याम्पस प्रमुख

क्याम्पस प्रमुख

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]