Sorry, your browser does not support JavaScript! इरानद्वारा तेल बजारलाई अस्थिर बनाएको भन्दै अमेरिकी राष्ट्रपतिको आलोचना - Merodesh.news

इरानद्वारा तेल बजारलाई अस्थिर बनाएको भन्दै अमेरिकी राष्ट्रपतिको आलोचना

तेहरान, इरान, २३ असार।   इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम बजारलाई अस्थिर बनाएको आरोप लगाएको छ ।

शनिबार इरानी तेल मन्त्री बिजान नामदार जानगनेहले राष्ट्रिय टेलिभिजनमा बोल्नुहुँदै भन्नुभयो, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन ९ओपेक०बारे एक पछि अर्को गर्दै संप्रेषित सन्देशले विश्व तेल बजारलाई अस्थिर बनाएको दावी गर्नुभयो ।

“आजभोलि तेलको मूल्य ट्रम्पको व्यवहारमा आश्रित बनेको छ,” उहाँले भन्नुभयो ।

जानगनेहले भन्नुभयो, “हरेक दिन ट्रम्पले तेल बजारलाई प्रभावित पार्नेगरी नयाँ सन्देश सम्प्रेषण गर्ने गर्नुभएको छ । उहाँले ओपेक सदस्य राष्ट्रलाई अनादर हुनेगरी आदेश दिने गर्नुभएको छ वा उनीहरूलाई तेल उत्पादन दर बढाउन निर्देशन दिने गर्नुभएको छ ।”

“यिनीहरू ओपेक सदस्य राष्ट्रका जनता तथा राष्ट्रियता र सार्वभौमसत्ता विपरित अभिव्यक्ति हुन् र यसले तेलको मुल्यलाई पनि अस्थिर बनाउँछ,” उहाँले थप्नुभयो ।  पछिल्लो पटक गत बुधबार संप्रेषित ट्वीटमा ट्रम्पले ग्यासको मूल्य बढेको र यसलाई नियन्त्रणमा राख्न ओपेकको एकाधिकारलाई जिम्मेवार मान्नुपर्ने बताउनुभएको थियो ।

अमेरिकाले इरानबाहेकका ओपेक सदस्य खासगरी साउदी अरबलाई तेल उत्पादन बढाउन पटकपटक आग्रह गरेको थियो । अमेरिकी राष्ट्रपतिका पछिल्ला ट्वीट सन्देशमा अमेरिकाको मुख्य सहयोगी मानिने खाडी मुलुक साउदी अरबका राजाले उत्पादन बढाउन मञ्जुर देखिएको बताउनुभएको थियो ।

अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरिसकेको छ भने इरान विरुद्ध आर्थिक नाकावन्दीको पनि घोषणा गरेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]