Sorry, your browser does not support JavaScript! शैक्षिक गुणस्तर माग गर्दै बिध्यर्थिले कार्यकक्षमै थुनिए क्याम्पस प्रमुखलाई - Merodesh.news

शैक्षिक गुणस्तर माग गर्दै बिध्यर्थिले कार्यकक्षमै थुनिए क्याम्पस प्रमुखलाई

विराटनगर, २४ असार। महेन्द्र–मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई विद्यार्थीहरुले कार्यकक्षमै थुनिदिएका छन ।

क्याम्पस प्रमुख तिम्सिनासंगै विद्यार्थीहरुले अन्य चार जनालाई समेत संगै थुनिदिएका छन । क्याम्पसका सामान्य प्रशासन प्रमुख गुदडप्रसाद यादव र साहायक क्याम्पस प्रमुखत्रय मोहनकुमार श्रेष्ठ,सुशील अधिकारी र ताराप्रसाद यादवलाई पनि विद्यार्थीहरुले संगै थुनिदिएका छन । अनेरास्ववियु,अखिल क्रान्तिकारी र नयां शक्ति विद्यार्थी युनियनको क्याम्पस ईकाईले आज दिउसो १२ बजेबाट पांचै जनालाई एकै ठांउमा थुनिदिएका छन ।

विभिन्न माग राखी गएको २१ गते तीन विद्यार्थी संगठनले क्याम्पस प्रमुख र प्रशासन शाखामा लगाएको ताला क्याम्पस प्रशासनले एकतर्फीरुपमा फुटाएका कारण क्याम्पस प्रमुख सहित अन्यलाई थुनिएको विद्यार्थी संगठनहरुले जनाएका छन । एमपीएको अध्यापन वापत क्याम्पसले नियम विपरीत अतिरीक्त शुल्क लिएकोमा सो शुल्क विद्यार्थीलाई फिर्ता गर्नुपर्ने,बिपीएको अध्यापनमा टियुले निर्धारण गरेको २८ हजार बाहेक क्याम्पसले परीक्षा शुल्क वापत नियम विपरीत २५ सय लिने गरेको, विद्यार्थी नभएका बिषयको कक्षा संचालन नहुने तर सो बिषयको प्राध्यापकलाई हाजीरी गरेकै भरमा पारिश्रमिक दिने गरिएको विद्यार्थीहरुले बताएका छन ।

उनिहरुले चालु आर्थिक बर्षमा क्याम्पसको आय र खर्र्चको विवरण समेत माग गरेका छन । यता तालाबन्दीको बिषयमा टेलिफोनमा प्रतिक्रिया दिनुहुंदै क्याम्पस प्रमुख तिम्सिनाले विद्यार्थीले लगाएको ताला फुटाएको बिषयमा आफुलाई जानकारी नभएको दाबी गरे ।

उहांले विद्यार्थीले उठाएको मागहरु सामान्य रहेको प्रतिक्रिया दिनुहुंदै सो बिषयमा छलफलगर्न बांकी रहेको बताए । क्याम्पस प्रमुख सहित पांच जनालाई थुनेका विद्यार्थीहरुले कार्यकक्ष बाहिर धर्ना दिइ बसिरहेका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]