Sorry, your browser does not support JavaScript! आदिकविको जन्मजयन्तीका अवसरमा विराटनगरमा विविध कार्यक्रम - Merodesh.news

आदिकविको जन्मजयन्तीका अवसरमा विराटनगरमा विविध कार्यक्रम

विराटनगर, २३ असार। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रम

आदिकवि आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानु कला केन्द्रले कविगोष्ठी र सांस्कृतिक कार्यक्रम सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आयोजित कार्यक्रममा कला केन्द्रले साहित्यिक पत्रकार शशी बजगाईं, कलाकार कुशेश्वर राई र साहित्यकार भरत गुरागाईंलाई सम्मान गरेको छ ।

भानु कला विशेष सम्मान साहित्यकार कृष्णराज कोइरालालाई समर्पण गरियो । त्यस्तै भानुपदक २०७५ बाट अभियानकर्मी डा. डीआर उपाध्याय, कलाकार दिगम्बर झा, कवि प्रेमप्रसाद सञ्जेल, मञ्जु शर्मा, सञ्चारकर्मी निर्मल ढुंगाना र कलाकार संगीता मण्डल विभूषित भएकाछन् । त्यस्तै समता साहित्यिक प्रतिष्ठानका तर्फबाट साहित्यकार रामबाबु दाहाल र समाजसेवी तिलकबहादुर थापा सम्मानित भए ।

उनीहरु सबैलाई १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल र प्रदेश सांसद सावित्रा रेग्मीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । त्यस्तै समारोहमा भानुकला केन्द्रका कलाकार दीपेन्द्र थापा, कविता लामा, मनोज राजवंशी, समीक्षा कार्की, आनन्द खड्का, सपना साह, संगीता यादव, काशी राजवंशीलगायतका कलाकारहरुले विभिन्न भाषाका गीतमा नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमका  थप तस्बिरहरु :

कार्यक्रम

कार्यक्रम

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]