Sorry, your browser does not support JavaScript! प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा संखुवासभा प्रथम - Merodesh.news

प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा संखुवासभा प्रथम

विराटनगर, २३ असार। प्रदेशस्तरिय एक स्तरिय वक्तृत्वकला मा संखुवासभाले पहिलो स्थान हासिल गरेको छ ।

वक्तृत्वकला

युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको आयोजना तथा जिल्ला युवा समिति मोरङको ब्यवस्थापनमा आज विराटनगरमा आयोजना गरिएको प्रदेशस्तरिय बक्तृत्वकला मा संखुवासभाकी सम्झना घिमिरेले प्रथम स्थान हासिल गरेकी छिन ।

“समृद्ध नेपाल र सुखी नेपाली अभियानमा युवाको भुमिका बिषयक” वक्तृत्वकलामा घिमिरेले प्रदेश एकका १२ जिल्लाका सहभागि प्रतियोगिलाई पछि पार्दै ७५.६७ अंक सहित पहिलो स्थान हासिल गरेकी हुन । उनले प्रमाणपत्र सहित १५ हजार राशिको नगद पुरस्कार प्राप्त गरेकी छिन । प्रतियोगितामा उदयपुरकी इन्जल खत्री ७४ अंक सहित दोश्रो र मोरङका छविलाल भण्डारी ७३.६६ अंक तेश्रो भएका छन ।

वक्तृत्वकला

खत्री र भण्डारीले क्रमशः नगद १० हजार र ७ हजार र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरि खोटाङका बिजय पाण्डेले ७३.३३ अंक सहित ५ हजार राशिको सान्त्वना पुरस्कार प्राप्त गरेका छन । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिजयी प्रतियोगिहरुलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गरे ।

देशका सातवटै प्रदेशमा आयोजना गरिएको सोहि प्रकारको प्रतियोगिताबाट बिजयी भएका प्रथम,दोश्रो र तेश्रो भएका बिजेताहरुलाई यहि असार २६ गते काठमाण्डौमा आयोजना हुने केन्द्रीयस्तरको प्रतियोगितामा सहभागि गराईने जिल्ला युवा समिति मोरङका अध्यक्ष रबिन थापाले जानकारी दिए । प्रतियोगितामा तेह्रथुम र झापा अनुपस्थित भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]