Sorry, your browser does not support JavaScript! स्वतन्त्र पत्रकारिताको बिरोधमा नयाँ फौजदारी आचार संहिता - Merodesh.news

स्वतन्त्र पत्रकारिताको बिरोधमा नयाँ फौजदारी आचार संहिता

विराटनगर,  २३ असार।  नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टले भदौदेखी लागू हुने फौजदारी अपराध संहिताले स्वतन्त्र पत्रकारिताको हितमा नभएकोले आम पत्रकारहरुले बिरोध गर्नुपरेको बताएका छन ।

शनिवार बिराटनगरमा नयाँ आम सञ्चार नीतिवारेको गोष्ठिमा बोल्दै महासचिव बिष्टले भदौदेखी लागू हुने फौजदारी अपराध संहिताले समाचार लेखेकै र फोटो खिचेर प्रकाश प्रशारण गरेकै भरमा एकदेखी तीन बर्ष सम्मको जेल सजायको व्यवस्था र जरीवना उल्लेख भएकोले त्यो स्वतन्त्र व्यवसायिक पत्रकारिताको हित बिपरित भएको बताएका हुन ।

“समाचार लेखेकै र फोटो खिचेर प्रकाशन प्रसारण गरेकै भरमा पत्रकार र आमसञ्चार माध्यमलाई फौजदारी अभियोग लगाउनु नै घोर आपत्ती जनक कार्य हो यो व्यवस्था तत्काल खारेज हुनुपर्छ” महासचिव बिष्टले भने ।

महासचिव बिष्टका अनुसार “नयाँ फौजदारी आचारसंहिताले फोटो खिचर अनि लेखेर प्रकाशन प्रकारण गरेर बेईज्जती भएको भन्दै जाहेरी दिएमा कानुनी सजाय दिलाउन सकिने कुरा उल्लेख भएकोले अव पत्रकारले फोटो र भिज्युल खिच्दा पनि व्यक्त्तिसँग लिखित अनुमति लिन बाध्य हुनुपर्नेछ ।

यसैले स्वतन्त्र पत्रकारिता बिरुद्ध भएकोले यो तुरुन्त खारेज हुनुपर्छ” महासचिव बिष्टले भने । नेपाल पत्रकार महासंघले पत्रकारिता सम्बन्धि छाता कानुन निर्माण गरेर सरकारलाई बुझाईसकेको जानकारी गराउदै पत्रकारितालाई अरु कानुनले गभन गर्ने कुरा मान्य नहुने बताए ।

भने, “पत्रकारिता बिरोधी जोहोहीले जस्केलाबाट कानुन बनाउदै जाने हो भने स्वतन्त्र पत्रकारिता भन्ने नै रहदैन यसैले यो आपत्ती जनक छ ।” उनले स्थानिय तह र प्रदेश सरकारहरुले स्वतन्त्र व्यवसायिक पत्रकारिताको मर्म बिपरित कानुन निर्माण गर्न थालेकोमा आपत्ती जनाए ।

महासचिव बिष्टले स्वतन्त्र पत्रकारिता बिरोधीहरु कानुनहरु खारेज गराउन महासंघ शसक्त्त रुपमा संघर्षमा जुटने बताए । सोही कार्यक्रममा महासचिव बिष्टले पत्रकारहरुले समाजिक संञ्जालहरु प्रयोग गर्दा सचेत हुन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेशका महासचिव बिबेक गौतमले स्वतन्त्र पत्रकारिता आम नागरिकहरुको अधिकार भएकोले कसैले पनि कुण्ठित बनाउन नहुने हुन नदिन पत्रकाहरु पनि सचेत हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य गणेश लम्साल, पुर्व उपाध्यक्ष यज्ञ शर्मा, केन्द्रिय सदस्य उद्धव तिम्सिना लगायतले पत्रकारिताको स्वतन्त्रता रक्षा गर्न पत्रकार महासघलाई चनाखो हुन आग्रह गरे । उनिहरुले भने, “ागरिक समाज कमजोर भएको अवस्थामा लोकतन्त्र र मानव अधिकारको संरक्षण गर्ने दायित्व अव पत्रकारहरुको हो ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]