Sorry, your browser does not support JavaScript! समृद्धिका लागि सुशासन आवश्यक : प्रधानमन्त्री ओली - Merodesh.news

समृद्धिका लागि सुशासन आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्त गर्नका लागि सुशासन आवश्यक पर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री

नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभएर सबै नेपालीका लागि हो ।”

देशमा ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने भएकोले यो अवसरलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । यति ठुलो जनसंख्या काम गर्ने सक्ने अवस्थामा हुनु देशको आर्थिक विकासका लागि ठुलो अवसर भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री

विगतको सरकारको वितीय अनुशासनहिनताको कारणले वर्तमान सरकार केही अफ्ठेरोमा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योग मैत्री बनाउन इच्छुक रहेको स्पष्ट पार्नुभयो । “हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार चाहन्छ देशलाई उद्योगतिर अघि बढाउँ ।”

प्रधानमन्त्री ओलीले उद्योगी व्यावशायीहरुलाई समेटेर सरकारले एक सल्लाहकार समुह गठन गर्न लागेको जानकारी दिनुभएको छ । उद्योगलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री

नेपालका दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकोले निर्यातजन्य वश्तुको उत्पादन गर्न व्यवाशायीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । छिमेकमा विगतमा भएका केही तिक्तता पनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकोले अब नेपालबाट हुने निकासीमा कुनै समस्या नहुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले विगतमा जस्तो अब कुनै पनि काम गर्दा चाकडी र थैलीको भूमिका नहुने स्पष्ट पार्नुभएको छ । व्यावशायीहरुका कामका लागि कानुनी अफ्ठ्यारा,कर्मचारीको अवरोध र ढिलासुस्ती भए सरकारलाई भन्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

“यस्ता केही झन्झटहरु भए सरकारले त्यसलाई फुकाउछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरु पनि इमान्दार कारोबार गर्नुहोस । सरकारले गर्नु पर्ने काम के छन् ल्याउनुहोस छलफल गरौं । सबै मिलेर देश बनाऔं ।”

कार्यक्रममा प्रधानमन्त्ती ओलीले परिसंघले प्रकाशन गरेको आर्थिक समृद्धिको मार्गचित्र एवम् आवश्यक कानुनी सुधार पुस्तकको विमोचन गर्नुभयो । यसैगरी विभिनन व्यावशायीलाई सम्मान पनि गर्नुभएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्
५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन[...]

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]