Sorry, your browser does not support JavaScript! पार्टी एकतापछि विपक्षी दल अत्तालियो : माधव नेपाल - Merodesh.news

पार्टी एकतापछि विपक्षी दल अत्तालियो : माधव नेपाल

विराटनगर, २२ असार। नेकपाका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टी को एकतापछि विपक्षी दल अत्तालिएको टिप्पणि गरेकाछन् ।

पार्टी

विराटनगरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्नुहुंदै उनले सकारात्मक उद्धेश्यसहित पार्टी एकता भएपछि विपक्षि दलमा रुवावासी नै चलेको टिप्पणि गरे । उनले आफुले समेत राम्रो काम नगर्ने र अरुले पनि गरेको राम्रो काममा अड्को थाप्ने प्रबृति भएकाहरुले अहिले अनावश्यक बखेडा झिकेर सरकारको काम कारवाही प्रभावित गर्न खोेजेको आरोप लगाए ।

नेता नेपालले सरकारले ५ बर्षको म्यान्डेट पाएको भन्नुहुंदै सो अवधिसम्म पर्खेर हेर्न विपक्षि दललाई आग्रह गरे । नेता नेपालले क्रान्तिको एउटा चरण पुरा भएको बताउंदै समाजबादका उद्धेश्य अनुसार जनताका आकांक्षा पुरा गर्न जुट्न कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी एकीकरणपछि सांगठनिक केन्द्रीय समितिहरु निर्माणको काम भइरहेको जानकारी दिंदै चरणबद्धरुपमा जिल्ला कमिटिहरु निर्माणको काम हुने बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]