Sorry, your browser does not support JavaScript! उद्योग संगठन माेरङमा नयाँ कार्यसमितिको पदस्थापना - Merodesh.news

उद्योग संगठन माेरङमा नयाँ कार्यसमितिको पदस्थापना

विराटनगर, २२ असार । उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष भिम घिमिरे नेतृत्वको कार्यसमितिलाई पदस्थापन गराइएको छ ।

उद्योग संगठन

संगठन परिसरमा शुक्रबार अपरान्ह आयोजित कार्यक्रमकाबीच अध्यक्ष घिमिरे सहितको नेतृत्वको कार्यसमितिलाई पदस्थापन गराइएको छ । पूर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सहित प्रदेश एकका मन्त्री, सांसद तथा उच्चपदस्थ सुरक्षा अधिकारीहरुको उपस्थितिमा घिमिरे नेतृत्वको कार्यसमितिलाई पदस्थापन गराइएको छ ।

उद्योग संगठन

कार्यक्रममा निर्वाचन समितिका संयोजक भरत थापाले घिमिरेसहित निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गर्नु यस्तै उद्योग संठन मोरङका पुर्व अध्यक्ष सुशिल धनावतले अध्यक्ष घिमिरेलाई सपथ ग्रहण गराउनुभयो । लगत्तै घिमिरेले आफु मातहतका कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको थियो । उद्योग संगठनको ४६ औं साधारणसभाबाट अध्यक्षमा घिमिरे सहित १३ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

उद्योग संगठन

समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्षमा (कोष) माप्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोेत र ऊर्जा) मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसैगरी कार्यकारिणी समिति सदस्यहरूमा संजयकुमार अग्रवाल, सुबोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन काबरा, विनोद पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले संगठनको विधान अनुसार १ महिलासहित चार जनालाई आजै मनोनयन गर्नुभएको छ । यसरी मनोनय गरिनेहरुमा उद्योगि नन्दकिशोर राठी,सुरेन्द्र गोल्छा,इन्द्र खत्री राजन र प्रतिभा रिजाल रहनुभएको छ । पदभार ग्रहण गर्नुहुंदै नवनियुक्त अध्यक्ष घिमिरेले आफ्ना भावी कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्नुभयो ।

उद्योग संगठन

कार्यक्रममा निर्वतमान अध्यक्ष मुकेश उपाध्यायले नवनिर्वाचित अध्यक्ष घिमिरेको कार्यकाल सफलताको कामना गर्नुभयो । सो अवसरमा सहभागि केन्द्रीय र स्थानिय नेताहरुका साथै उद्योगी ब्यवसायीहरुले शुभकामना मनतब्य राख्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]