Sorry, your browser does not support JavaScript! बाढीमा बगेका बालकलाई प्रहरीले बचाए - Merodesh.news

बाढीमा बगेका बालकलाई प्रहरीले बचाए

विराटनगर, २२ असार । ठूलो खोलाको बाढीमा बगेका एक ६ बर्षिय बालकलाई पउद्धार गर्न दुई जना प्रहरीले बचाएका छन ।

बाढीमा

मोरंगको केवारी गाउँपालिका ७ स्थित खदम खोलामा खेल्नेक्रममा बिहिबार साँझ ५ बजेतिर एक्कासी बाढीमा बग्न पुगेका सोही ठाउँका अमृत दुलालका ६ बर्षिय छोरा अनसल दुलाललाई इलाका प्रहरी कार्यालय केरावारीका दुई प्रहरीले बचाएका हुन ।

बाबु आमा खेतमा काम गर्न गएको बेला खोला किनारमा खेल्नेक्रममा बालक अनसल तेज धार भएको खदम खोलामा बग्न पुगेका थिए । बालक चिच्याउदै बगेको देखेपछि खोलामै डयुटी गरिरहेका इलाका प्रहरी कार्यालयका प्रहरी जवानरु रजबिन यादब र सुरेश थामीले खोलामा पसेर पौडी खेल्दै उनको उद्धार गरेका थिए ।

खोलाको बाढीले बालकलाई साठी मिटर तल बगाइसकेको अवस्थामा पनि प्रहरी जवानहरुले खोलामा पसेर उनको उद्धार गर्न सफल भएको इप्रका केरावारीका सई दिपक यादबले बताए । उद्धार गर्ने क्रमामा प्रहरीहरु समान्य घाइते भएका थिए । उद्धार गरिएका बालकको अवस्था समान्य छ । खोलामा हुने अबैध उत्खननलाई नियन्त्रण गर्न केरावारी प्रहरीले चौबिसै घण्टा आजकल प्रहरी खटाउने गरेको छ ।

खोलाको बाढीमा बगेका बालकको उद्धार गर्न सफल भएपछि गाउँलेहरुले प्रहरीको प्रशंसा गरेका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]