Sorry, your browser does not support JavaScript! सप्तकोशी नदीको सबै ढोका खोल्न माओबादी केन्द्रको माग - Merodesh.news

सप्तकोशी नदीको सबै ढोका खोल्न माओबादी केन्द्रको माग

विराटनगर २२ असार । पुर्नगठित माओबादी केन्द्र एक नम्बर प्रदेश समितिले कोशी नदीको सबै ढोका खोल्न माग गरेको छ ।

माओबादी

सुनसरीको भीम नगर स्थित कोशी नदीको व्यारेजको केही ढोकाहरु मात्र खोल्दा नेपाली भुभाग डुवानमा परेको कोशी तटबन्ध भत्कन जोखिम बढेको भन्दै बर्षा अवधिभर व्यारेजका सबै ढोकाहरु खोल्न माग गरेको हो ।
साथै केन्द्रले सिमा अतिक्रमण रोक्नुपर्ने र हरेक स्थानिय तहमा एक भन्सार स्थापना गरिनुपर्ने श्रमिको न्युनतम तलब ३० हजार बनाइनुपर्ने , सुकुम्बासी समस्या समाधान गरिनुपर्ने र बिराटनगरका पुराना सबै खानेपानीका पाइपहरु फेर्नुपर्ने माग पनि गरेको छ ।

माओबादी केन्द्रको प्रदेश १ को इन्चार्जमा थापा

माओबादी केन्द्रको एक नम्बर प्रदेश इन्चार्जमा तिलक थापा र संयोजकमा बिमल निरौला चयन भएका छन । बिराटनगरमा २१ र २२ असारमा सम्पन्न दुई दिने प्रदेश स्तरिय भेलापछि माओबादी केन्द्रको ईन्र्चाजमा थापा र संयोजकमा निरौला चयन भएका हुन ।

यसैगरि प्रदेशको झापा , इलाम , पाचथर , ताप्लेजुंग , धनकुटा , तेह्रथुम र सोलुखुम्बु जिल्लाको संयोजक पुरुशोत्तम अधिकारी र उदयपुर , ओखलढंगा , खोटांग , भोजपुर र शंखुवासभाको संयोजकमा देबेन्द्र घतानी तोकिएका छन ।

प्रकाश राई (मोरंग), सुरेन्द्र बस्नेत (सुनसरी ), लिला खडका (झापा), डम्बर सुब्बा (धनकुटा), फण्डिन्द्र लामा (उदयपुर), मेवान राई (खोटांग), धर्म राई (भोजपुर), किरण बान्तवा ( इलाम), बिक्रम खतिवडा (पाँचथर), याम पाठक (ताप्लेजुंग), गंगा मादेन (सोलुखुम्बु), पुरुशोत्तम अधिकारी (तेह्रथुम), र सन्देश राई ( ओखलढुंगा ) जिल्ला सँयोजकहरुको जिम्मेवारी पाएका छन ।

यसैगरि जनबर्गीय संगठनतर्फ मजदुर र सुकुम्बासीतर्फ खगेन्द्र भण्डारी र बिक्रम खतिवडा महिला र सञ्चारमा अप्सरा निरौला, वाइसिएलमा केशर लिम्बु, आदिबासी जनजातिमा नारायण राजबंशी र दलितमा देबेन्द्र घतानी इन्चार्ज तोकिएका छन ।

१४ जनाको प्रदेश कार्यालय गठनगरेको माओबादी केन्द्रले बिमल निरौला , पुरुशोत्तम अधिकारी र देबेन्द्र घतानी रहेको आर्थिक संयोजक समिति पनि बनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]