Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : तीन जनाको बयान - Merodesh.news

सुन तस्करी प्रकरण : तीन जनाको बयान

विराटनगर,  जिल्ला अदालत मोरङले सुन तस्करी प्रकरणमा दोस्रो चरणको अभियोग लागेका तीन जनाको बयान लिएको छ ।

जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले बुधवार मुद्धा दायर गरिएका सात मध्ये तीन जनाको बयान लिएको हो ।अदालतले भुजुङ गुरुङका ड्राइभर लक्षुबहादुर गुरुङ, मोरङ उर्लाबारीका रेवत भनिने रेवत्न आचार्य र झापा दमकका विनोद अधिकारीको बयान सकिएको हो ।

तस्करी प्रकरणमा मुद्धा दायर गरिएका सात मध्ये ६ जना प्रहरी हिरासतमा छन् । शुक्रवार मोतिराम श्रेष्ठ, मदन शिलवाल र रामकुमार तिवारीको बयान लिइने छ । सुन तस्करी प्रकरणको अनुसन्धानपछि गत बैसाख १९ गते ६३ जना विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दाबि सहित मुद्धा दायर गरिएको थियो ।

तस्करी र हत्या प्रकरणमा जोडिएका सात जनालाई पहिलो पुरक अभियोग दर्ता भएको हो भने हुण्डी मार्फत सुन तस्करीमा संलग्न व्यावसायी बिमल पोद्दार सहित पाच जनालाई बुधवार दोस्रो पुरक अभियोगमा १० दिन म्याद थप गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]