Sorry, your browser does not support JavaScript! पिडितसँग अन्तरक्रिया गर्दै रानी पुलिस - Merodesh.news

पिडितसँग अन्तरक्रिया गर्दै रानी पुलिस

विराटनगर, २१ असार । आफनो सेवालाई जनमुखि बनाउन इलाका प्रहरी रानीले पिडितहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न थालेको छ ।

नेपाल भारत सिमा क्षेत्रमा रहेको बिराटनगर स्थित इप्रका रानीले बिभिन्न घटनाका पिडितहरुसँग भेट गरेर समस्या र चुनौतीहरु के के थपिएका छन समाधान भयो किन भएन भन्ने बुझन प्रत्यक्ष अन्तरक्रिया थालेको हो । इप्रका रानी र मातहतका प्रहरी चौकीहरुमा आएको ठाडो निबेदनहरुलाई अध्यन गरेर घरेलु हिँसा र सवारी दुर्घटनाका पिडितहरुलाई भेटघाट गरि समस्याको अवस्था र चुनौतीहरुबारे प्रत्यक्ष अन्र्तक्रिया गर्न थालेको ईन्स्पेक्टर सन्तोष निरौलाले बताए । उनका अनुसार पिडितहरुलाई प्रत्यक्ष भेटेर अन्र्तक्रिया गर्दा उनिहरुको समस्या समाधान भए नभएको बझुन र थपिएका समस्या प्रत्यक्ष सुनेर समाधानको उपाय दिन र तुरुन्त उजुरी लिन सहज हुने गरेको छ ।

अर्को प्रहरीले निम्न बर्गसँग जोडिएर कसरी सेवा प्रदान गरिरहेको छ र थप के गर्नुपर्ने रहेछ भन्नेबारे पनि सिकाई प्राप्त हुने गरेको छ । बुधबार ईप्रका रानी परिसरमा आयोजना गरेको अन्र्तक्रियामा सहभागी बिराटनगर १५ की शान्तिदेबी मेहतरले घरेलु रक्सी नियन्त्रण गरेर प्रहरीले राम्रो काम गरेको र अब शिलबन्दि रक्सी पनि बन्द गरे आफुहरु हिँसामा पर्न छाडने बताइन । बिराटनगर १५ कै सर्मिलादेवी ठाकुरले श्रीमानले रक्सी खाएर सधै झैझगडा गरि कुटपिट गर्ने गरेकोले उनलाई पक्राउ गरेर जेल पठाइदिन आग्रह गरिन ।

सोही ठाँउकी गीता मेहतरले अझै पनि दलितहरुलाई सानो जाति भनेर छिछी दुरदुर गर्ने गरेकोले उनिहरुलाई पक्राउ गरेर कार्बाही गर्न माग गरिन । बिराटनगर १३ का बिकास महतोले प्रहरी सक्रृयताले आफुले हराएको पर्स र पैसा भेटेकोले सधै प्रहरी ईमान्दार र सक्रृय हुनुपर्ने बताए । सोही ठाउँकी रिनादेवी महतोले आफुलाई सधै श्रीमानले पिटन गरेको भन्दै प्रहरीमा निबेदन दिएपनि प्रहरीले केही नगरेको गुनासो गरिन । बिराटनगर १४ की आश्मा खातुनले फोन गर्ने बित्तिकै प्रहरी आउने गरेकोले टोलमा शान्ति हुन थालेको बताईन ।

अन्तरक्रियामा सहभागीहरुले कसैले प्रहरीको सहयोगले आफनो समस्या समाधान भएको बताएका थिए भने कसैले प्रहरीले सम्झाउँदा मात्र समाधान नभएकोले कानुन अनुसार कार्वाही गरिदिन माग गरेका थिए । अन्तरक्रियामा सहभागी पिडितहरुको दुई घण्टा कुरा सुनेपछि ईप्रका रानीका प्रमुख ईन्स्पेक्टर सन्तोष निरौलाले समस्या समाधानकालागि उजुरी दिनुपर्ने उपायहरुबारे पिडितहरुलाई जानकारी मात्र गराएनन समस्या बुझेपछि केही उजुरीहरु समेत लिए ।

प्रहरीलाई पिडित मैत्री बनाउन र निम्न बर्गका नागरिकहरुसँग प्रहरीको पहुँच बढाएर सेवा प्रदान गर्न पिडितसँगको अन्र्तक्रियाले सहयोग पुरयाइरहेको ईन्स्पेक्टर निरौलाले बताए । उनका अनुसार हाल महिनामा एक दिन रानी स्थित ईप्रकामै बोलाएर पिडितसँग अन्र्तक्रिया गर्ने गरिएको छ । तर अब भने मातहतका प्रहरी चौकीहरु र पिडित प्रभावित स्थानहरुमै गएर प्रत्यक्ष अन्र्तक्रिया गर्ने र तत्काल समस्या समाधानकालागि पहल थाल्ने योजना रहेको ईन्स्पेक्टर निरौलाले सुनाए । भने, “थानामा बोलाएर अन्तरक्रिया गर्दा पिडितहरुले अलि धक फुकाएर समस्या भन्न नसकेको हो कि भन्ने पनि भयो यसैले प्रभाबितहरुको पहुँच भएकै स्थानमा अन्तरक्रिया थाल्ने छौ ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]