Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : सातजनालाई पुरक अभियोग दर्ता - Merodesh.news

सुन तस्करी प्रकरण : सातजनालाई पुरक अभियोग दर्ता

विराटनगर, २० असार।   सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ए फरार सहित सात जनालाई पूरक अभियोग दर्ता भएको छ ।

बुधवार सरकारी वकिलको कार्यालय मोरङले संगठित सुन तस्करी प्रकरणमा फरार एक सहित सात जनालाई ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरेको हो ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा बैसाख १९ गते ६३ जना विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दाबि सहित मुद्धा दायर गरिएको थियो । तस्करी र हत्या प्रकरणमा जोडिएकाहरुलाई पुरक अभियोग लगाइएको हो ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालका अनुसार मोरङ उर्लाबारीका रेवत भनिने रेवन्तकुमार आचार्य, झापा दमकका बिनोद अधिकरी, दोलखा चरिकोटका मोतिराम श्रेष्ठ, काठमाडौंका मदन शिलवाल, काठमाडौंकै फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, काठमाडौं गौरीघाटका रामकुमार तिवारी र फरार मोरङ उर्लाबारीका सन्दिप खडकालाई मुद्धा दायर भएको हो । बुधवार ढिलो समयमा मुद्धा दर्ता भएको बताउदै उनले बिहिवारबाट थुनछेक बहस सुरु हुने छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]