Sorry, your browser does not support JavaScript! प्राकृतिक दोहनमा संलग्न सवारीलाई जरीवना गर्दै केरावारी गाउँपालिका - Merodesh.news

प्राकृतिक दोहनमा संलग्न सवारीलाई जरीवना गर्दै केरावारी गाउँपालिका

विराटनगर, १९ असार। कानुन नभएपनि मोरंगको केरावारी गाउँपालिकाले प्राकृतिक स्रोत बोक्ने सवारीहरुबाट कर असुल्ने र दोहन गरेको भन्दै प्रहरीले नियन्त्रणमामा लिएर बुझाएका सवारी साधनलाई जरीवना गर्न थालेको छ ।

प्राकृतिक

प्राकृतिक दोहन गरेको आरोपमा इलाका प्रहरी केरावारीले पक्राउ गरेर कार्वाहीकालागि बुझाएको बिभिन्न सवारी साधनहरुलाई कानुनी अख्तियारी प्राप्त भैसकेको भन्दै केरावारी गाउँपालिकाले धमाधम सवारी साधनलाई जरीवना गर्न थालेको हो ।

प्रहरीले बुझाएका ३५ बढी सवारीबाट जरीवना असुली भैसक्यो

प्रहरीले बुझाएका सवारी साधनहरुलाई गाउँपालिका प्रमुख कार्कीको आदेश अनुसार पहरीले बुझाएका ३५ वटा सवारी साधनहरुलाई जरीवना गरेर दुई लाख पचास हजार रुपैया बरावर राजस्व असुल गरिसकेको केरावारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डमरुबल्लभ बरालले जानकारी दिए । गाउँपालिका प्रमुख कार्कीको तोक आदेश अनुसार जेसिभीलाई २०हजार ट्रयाक्टरलाई १० र ट्रिपरलाई १५ हजार सम्म जरीवाना गर्ने गरेको प्रपअ बरालले बताए ।

उनका अनुसार प्राकृति स्रोत दोहन गर्नेहरुलाई पहिले जिससले जरीवना गर्ने गरेको भएपनि जिसस र संघिय मामिला मन्त्रालयको पत्र प्राप्त भएपछि केरावारी गाउँपालिका आफैले बुझेर जरीवना गर्न थालेको हो ।

प्रपअ बरालका अनुसार अख्तियारी प्राप्त भैसकेकोले नै गाउँपालिकाले कर पनि असुल्न थालेको हो । यता पक्राउ गरेर प्रहरीले बुझाएका सवारीहरुलाई जिससले ट्रयाक्टरलाई १० हजार ट्रिपरलाई २० र जेसिभीलाई २५ हजार पटके जरीवना गर्ने गरेको छ ।

जसको क्षेत्रबाट पक्राउ पर्छन कार्बाहीकालागि उसैलाई जिम्मा दिन्छौ, – एसपी केसी

मोरंगका एसपी मनोजकुमार केसीले जसको क्षेत्रबाट पक्राउ गरेको हो त्यही निकायलाई सवारी साधन कार्बाहीकालागि बुझाउने नीति अनुसार केरावारी गाउँपालिकालाई नै प्रहरीले जिम्मा लगाएको बताए । उनका अनुसार बन क्षेत्रको भए बन कार्यालय , जिससको ठेक्का भए जिससलाई र गाउँ वा नगरपालिकाको भए सम्बन्धित तहलाई नै नियन्त्रणमा लिएका सवारी साधन स्थानिय प्रहरीले जिम्मा लगाउन थालेको छ ।

व्यवसाय बचाउन चलखेल गरेको आरोप

आफै क्रसर व्यवसायी समेत रहेका केरावारी गाउँपाकिला प्रमुख रोहित कार्कीले आफनो व्यवसायको बचाउ गर्न आफना र संलग्न जनप्रतिनिधिहरुको कारोवारमा संलग्न सवारी साधनलाई आफैले मनखुसी जरीवना गर्न थालेको स्थानियले आरोप लगाउन थालेका छन । बषौदेखी कृष्ण क्रसर उद्योग संचालन गर्दै आएका अध्यक्ष कार्कीले प्रहरीले पक्राउ गरेका सवारी साधानलाई जिससले भन्दा कम जरीवना गर्ने गरेका छन ।

स्थानिय केरावारी प्रहरीले पक्राउ गरेर धमाधम कार्बाहीकालागि सवारी साधान बन र जिससमा बुझाउन थालेपछि गाउँपलिका प्रमुख र जनप्रतिनिधिहरुले आफैले जरीवना गर्ने उपाय निकालेर आफनो अबैध कारोवारको बचाउन गर्न खोेजेको स्थानियहरु बताउँछन ।

केरावारी गाउँपालिकाको खदम खोला र उत्तरी चुरे क्षेत्रबाट व्यापक रुपमा प्राकृतिक सेत (ढुगागिटी) दोहन हुने गरेको छ । यो गापका ८ नम्बर वडक अध्यक्ष मनोज खडका शिवम क्रसर उद्योगका संञ्चालक छन । ३ नम्बर वडा अध्यक्ष भक्त वहादुर श्रेष्ठ ट्रिपर व्यवसायी र क्रसरका शेयर होल्डर छन । १० नम्बर वडा अध्यक्ष जंग भुजेल पनि ट्रिपर व्यवसायी एवं क्रसरका शेयर होल्डर हुन । केरावारी स्थित खदम खोलामा प्राकृतिक स्रोत ओसारपसारमा संलग्न ट्रक्याटर ट्रिपर र उत्खनन गर्ने जेसिभी र स्काभेटरहरु उनिहरुकै हुनेगर्दछन ।

स्रोतका अनुसार चौतर्फी आलोचना भएपनि हाल उनिहरुले आफना सहयोगी र नातेदारका नाममा सवारी साधनहरु प्रयोग गर्न थालेका छन । भन्दै जरीवना गराउने र ढुगागिट्टी बोक्ने सवारीहरुबाट कर असुल्न थालेको हो ।

जिसस मोरंगको आपत्ती, एलडिओ भन्छन “कानुन नै नबनि जरीवना लिने र कर असुल्ने अधिकार बिधि सम्मत हुदैन ।”

जिसस मोरंगका स्थानिय बिकास अधिकारी शोभाखर रेग्मीले प्राकृतिक स्रोत दोहन आरोपमा पक्राउ गरेका सवारी साधनलाई जरीवना गर्ने र कर असुल्ने अधिकार जिससलाई मात्र भएको र गाउँपालिकालाई नभएको बताए । केरावारी गाउँपालिकाले कानुन निर्माण नभैकन कर लगाउने र जरीवना लिने काम गैरकानुनी भएकोले जरीवनाको रकम जिससको खातामा हाल्न आग्रह गरेको बताए । उनका अनुसार हालसम्म स्थानिय तहलाई प्राकृतिक स्रोतको कर असुल्ने र जरीवना गर्ने कानुन निर्माण भैसकेको छैन । हालसम्म सरकारको पुरानो निर्देशन अनुसार जिल्लाको प्राकृतिक स्रोत साधन संरक्षण समितिको निर्णय अनुसार जरीवना गर्दै आएको छ । एलडिओ रेग्मीले भने — ‘कानुन नै नबनि जरीवना लिने र कर असुल्ने अधिकार बिधि सम्मत हुदैन ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]