Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : नया आरोपीलाई पुरक अभियोग लगाइदै - Merodesh.news

सुन तस्करी प्रकरण : नया आरोपीलाई पुरक अभियोग लगाइदै

विराटनगर, १९ असार।   सनम शाक्य हत्या प्रकरणको अनुसन्धानको क्रममा खुलेको करिव ३८ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना विरुद्ध पुरक अभियोग दायर गरिने भएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानकालागि गृहमन्त्रालयले गठन गरेको छानविन समितिले दोस्रो चरणमा पक्राउ गरेका ६ जना विरुद्ध पुरक अभियोग दायर गरिने भएको हो । मोरङका जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद पाठकका अनुसार प्रहरी हिरासतमा रहेकाहरुलाई बुधवार मुद्धा दर्ता गर्न लागिएको हो । सरकारी वकिलको कार्यालयले मंगलवार नै मुद्धा दर्ताको तयारी गरेको थियो । तर समय अभावका कारण बुधवारलाई सारिएको हो ।

प्रहरी हिरासतमा रहेका चुडामणि उप्रेती गोरेका सहयोगी राम तिवारी, बिनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवाल र भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङलाई मुद्धा दायर गरिने छ ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा बैसाख १९ गते ६३ जना विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दाबि सहित ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]