Sorry, your browser does not support JavaScript! नेपाल भारत पारवहन सन्धि थप परिमाजितगर्न उद्योगी ब्यवसायीको सुझाव - Merodesh.news

नेपाल भारत पारवहन सन्धि थप परिमाजितगर्न उद्योगी ब्यवसायीको सुझाव

विराटनगर,  १९ असार। नेपाल भारतबीचको ब्यापार सन्धिलाई थप परिमार्जित गर्नुपर्ने आवश्यकता रहेको उद्योगीहरुले बताएका छन ।

नेपाल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आज विराटनगरमा आयोजना गरेको नेपाल भारत पारवहन सन्धि बिषयक अन्तरक्रियाका सहभागि उद्योगिहरुले सो बिषयमा जोड दिएका हुन । नेपाल भारतसंगको सन्धि प्रत्येक ७–७ बर्षमा पुनरावलोकन गर्नूपर्ने प्रावधान अनुसार पटकपटक परिमार्जन गरिपनि अझपनि नेपाली उद्योगि र ब्यापारीको अनुकुल हुन नसकेको उनिहरुले बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अबिनाश बोहराले पारवहन सन्धिको असमानताका कारणनै नेपालको ब्यापार घाटा बर्षेनि बढ्दै गएको बताउंदै सन्धिलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने बताए । उनले सन्धिमा ब्यवस्था भएअनुसार प्लांट क्वारेन्टाईन स्थापना हुन नसकेको र तेश्रो मुलुकबाट आयात निर्यात गर्दा ब्यवसायीले झंझट र बढी मुल्य बेहोर्नुपरेको जानकारी दिए ।

बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि परिमार्जन गर्ने बिषयमा दुइ देशका प्रधानमन्त्री र सचिवस्तरमा उठिसकेकाले उद्योगि र ब्यवसायीबाट संकलित सुझाव अनुसार आगामी एजेण्डा बनाईने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष नरेन्द्रकुमार खड्काले आयात निर्यातको क्रममा नेपाली ब्यवसायीले झेल्नुपर्ने समस्यालाई बुंदागतरुपमा टिपोटगरि सन्धि परिमार्जन गर्नुपर्ने बताए । कार्यक्रममा उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश एकका सचिव किशोरचन्द्र गौतम सहित प्रदेश एकका विभिन्न जिल्लाका उद्योगी ब्यवसायीले सुझाव दिएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]