Sorry, your browser does not support JavaScript! राजारानीलाई प्रसिद्ध बनाउदै नागवेनी पार्क (फोटो फिचर) - Merodesh.news

राजारानीलाई प्रसिद्ध बनाउदै नागवेनी पार्क (फोटो फिचर)

धनकुटा, १९ असार।  धनकुटाको चौबिसे गाउँपालिका ६ मा पर्ने राजारानी आफै पर्यटिकय ठाउँ हो । यहाँ रहेको राजारानी पोखरी , चिसो मौसम र प्राकृतिक बतावरणले गर्दा सधै जसो देशी बिदेशी पर्यटकहरु पुग्ने गर्छन । यो प्रसिद्ध पर्यटकिय क्षेत्र राजारानीलाई आजकल अझै प्रसिद्ध बनाउने काम गरिरहेको छ त्यहाँ रहेको नागबेनी पार्क ले ।

राजारानी चौक दक्षिणमा छ यो पार्क । धेरैलाई यहाँ यति मनमोहक पार्क पनि छ भन्ने कमैलाई थाहा छ । यहाँ मनमोहक झरना पनि छ यो पार्क भित्रै । भर्खरै निर्माण भएकोले उति धेरै चर्चा नपाएपनि बिस्तारै यो पार्कले आफुसँगै राजारानीलाई नै चर्चित बनाउदैछ । अध्यक्ष काजीमान लिम्बुका अनुसार यो पार्कमा बषैनी हजारौ मानिशहरु पुग्ने गरेका छन । अझै निर्माण कार्य नसकिएकोले उति धेरै प्रचार प्रसार नगरेको तर चाँडै पार्कले पुर्णता पाउने र प्रचारप्रसार पनि हुने अध्यक्ष लिम्बुले बताए ।

पहिले यहाँ नागहरुको बसोवास थियो । यसैले उनिहरुकै सम्झनामा नागबेनी पार्क निर्माण गरिएको हो । यहाँ एउठा ठूलो ढुंगामा नागहरुको कलात्मक मुर्ति बनाएर उनिहरुको सम्झना गरिएको छ । जहाँ दैनिक दजनौ पर्यटकहरुले सेल्फि खिच्ने गरेका छन । सुन्दर बन क्षेत्रभित्र रहेको मनमोहक पार्कमा रहेको आर्कषक झरनाले यो पार्कलाई झनै मनमोहक बनाएको छ। खासगरि तराईबाट गर्मीको समयमा चिसो मौसममा सुन्दर ठाउँमा रमाउन चाहनेहरुकालागि राजारानीको नागबेनी पार्क रमणिय मात्र नभएर उपयोगी हुनसक्छ ।

पार्कमा रमाउदै  अन्तरिक पर्यटक।  तस्बिर :मेरोदेश
 नागवेनी
नागवेनी
नागवेनी
नागवेनी
Advertise Expired !

सम्बन्धित समाचारहरु

साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन
साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान। साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई[...]

सौराहाका होटल पर्यटकले भरिभराउ
सौराहाका होटल पर्यटकले भरिभराउ

चितवन, पुस १७ पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । साथै सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका[...]

पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’
पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’

काठमाडौँ, पुस १६ नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा[...]