Sorry, your browser does not support JavaScript! विराटनगर मुख्य बजारमा ‘नो पार्किङ’ - Merodesh.news

विराटनगर मुख्य बजारमा ‘नो पार्किङ’

विराटनगर, १९ असार।   विराटनगर महानगरपालिकाको अति व्यस्त क्षेत्रलाई पार्किङ निषेध गरिने भएको छ ।

विराटनगर

विराटनगर पानीटंकी चोक दखि ट्राफिक चोक सम्मको क्षेत्रमा पार्किङ निषेध गरिने भएको हो । व्यस्त बजारमा सडकमा पार्कीङ गर्दा आवत जावतमा समस्या हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवप्रसाद पोखरेलले पार्कीङ निषेधको तयारी थालेका हुन् । मोरङ ट्राफिकको नेतृत्वमा आएका पोखरेलले साउन १ गतेबाट पार्कीङ निषेधित क्षेत्र घोषणाको तयारी थालेका हुन् ।

साउन १ गतेबाट पार्किङ निषेधित क्षेत्र घोषणाको तयारी सुरु गरिएको पोखरेलले जानकारी दिए । बजार क्षेत्रमा बैकल्पिक पार्कीङको व्यावस्थापन गर्न छलफल गरीरहेको उनले जानकारी दिए । विराटनगरको अस्तव्यस्त सडकका कारण सवारी आवत जावतमा समस्या छ । बजार आगलागी भएपनि दमलक ल्याउन समस्या छ । प्रहरी निरिक्षक पोखरेल आवत जावतलाई सहज बनाउन व्यस्त क्षेत्र पानीटंकी चोक देखि ट्राफिक चोक सम्म पार्कीङ निषेधित क्षेत्र बनाउन लागिएको बताउछन् ।

विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि सडकमा लाग्नै साप्ताहिक हाट बजार बन्द गर्दैछ । ट्राफिक प्रहरीले पनि साउन १ गतेबाट नै पार्कीङ निषेधको तयारी थालेको हो । बजारको जाम हटाउन तत्काललाई विराटनगर गुद्रीको बि र सि प्लटको खाली जग्गा प्रयोग गर्न सकिने उनले बताए । विराटनगरको ट्राफिक जामलाई हटाउन मुख्य बजारमा ढुवानीको साधन प्रयोग गर्न निश्चित समय छुट्याइने भएको छ । पोखरेलका अनुसार पसल र अन्य निर्माणका सामाग्री ढुवानीकालागि निश्चित समय निर्धारण गर्न लागिएको हो ।

विराटनगर जलजला चोकदेखि वि प्लट गुद्री सम्म एकतर्फी आवागमन मात्र खुला छ । शनी मन्दीरदेखि जलजला चोक सम्म पनि एकतर्फी यातायात सञ्चालित छ । ट्राफिक प्रहरी निरिक्षक पोखरेल साउन १ गतेदेखि थप वान वे (एकतर्फ) सवारीकालागि रुट थप गर्न लागेको बताउछन् । ट्राफिक व्यावस्थापन अस्त व्यस्त भएको जलजला चोकदेखि अस्पताल चोक, घोघापुल चोकदेखि अस्पताल चोक र सातघुम्ती चोकदेखि मेनरोड गरी तीनवटा सडक एकतर्फी गर्न लागिएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]