Sorry, your browser does not support JavaScript! हात्तीको आक्रमणबाट सडक मजदुरको मृत्यु - Merodesh.news

हात्तीको आक्रमणबाट सडक मजदुरको मृत्यु

विराटनगर, १८ असार।    पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । सोमवार बिहान हातीको आक्रमणबाट एक सडक मजदुरको मृत्यु भएको हो ।

राजमार्ग मर्मत सम्भार र सरसफाईमा खटिएका मजदुर मोरङको जहदा गाउँपालिका ४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए ।

थापाका अनुसार सडक छेउमै त्रिपाल टाँगेर बनाइएको टेन्ट भित्र सुतिरहेको अवस्थामा जंगलबाट निस्किएको हात्तीले विहान २ बजे आक्रमण गरेको थियो । महतोको घटनास्थलमै मृत्यु भएको हो । उनी लामो समयदेखि सडक मर्मत सम्भार र सरसफाईको काम गर्दै आएका मजदुर भएको प्रहरीले जनाएको छ ।

महतोसंगै सुतेका अन्य दुई भने हात्ती आएको थाहा पाउन साथ भागेर ज्यान बचाउन सफल भएको डीएसपी थापाले बताए । महतो पनि ज्यान जोगाउन भाग्न खोज्दै गर्दा हात्तीको आक्रमणमा परेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]