Sorry, your browser does not support JavaScript! करिब तीन लाख मुल्य बरावरको अबैध सामाग्री नियन्त्रण - Merodesh.news

करिब तीन लाख मुल्य बरावरको अबैध सामाग्री नियन्त्रण

विराटनगर, १७ असार । मोरङ प्रहरीले विराटनगर र सिमावर्ती क्षेत्रबाट एकै दिन करिव तीनलाख मुल्य बरावरको अबैध सामाग्री नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी, प्रहरीको सिआरभी टोली बरगाछी र अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटेको प्रहरी टोलीले करिब तीन लाख मुल्य बरावरको सामाग्री नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले सिआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका ५ पुल चोकबाट भारतबाट भन्सार छली ल्याउदै गरेको ४० पिस कुर्थासलवार र एकथान साइकल नियन्त्रणमा लिएर ३० हजार मूल्य बरावरका सामाग्री भन्सारमा बुझाएको छ । आइतवार नै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थीत महेन्द्र चोक र वडा नम्बर १४ स्थीत जानकी मन्दिर छेउबाट लता कपडा, छाला जस्तो देखिने २० वटा बेल्ट,चुना रङ १० किलो, घाँसको बिउ १० बरोवार र १ सिलिण्डर तथा सातसय किलो सब्जी र किराना सामान बरामद गरेको प्रहरीले नियन्त्रणमा लिएको १ लाख ७१ ह्जार १सय १० रुपैया बरावरका सामाग्री भन्सार कार्यालय रिानी विराटनगरमा बुझाएको छ ।

त्यस्तै अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटेको प्रहरी टोलीले विराटनगर १७ बाट ५० हजार मूल्य बरावरको भन्सार छली ल्याएको सामाग्री नियन्त्रणमा लिएको छ । नेपालबाट भारत तर्फ जादै गरेको को २ प ९४५८ नम्बरको मोटरसाइकलबाट ५५ हजार मूल्य बरावरको १५ केजी मरिच नियन्त्रणमा लिएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]