Sorry, your browser does not support JavaScript! प्रजनन स्वास्थ्य र गर्भ पतनका विषयमा सचेतना फैल्याउनुपर्नेमा जोड - Merodesh.news

प्रजनन स्वास्थ्य र गर्भ पतनका विषयमा सचेतना फैल्याउनुपर्नेमा जोड

विराटनगर, १६ असार।   प्रजनन स्वास्थ्य र गर्भ पतनका विषयमा ग्रामिण तहसम्म सचेतना फैल्याउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । लायन्स–लियो क्लव अफ विराटनगर मोरङले आयोजना गरेको परिवार नियोजन र गर्भपतनको जानकारी तथा जनचेतना मुलक कार्यक्रममा सहभागिहरुले प्रजनन स्वास्थ्य सम्बन्धी अझै खुलेर कुरा गर्न नसक्ने समाजमा जनचेतना फैल्याउन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहले कार्यपत्र प्रस्तुत गर्दै ग्रामिण तह सम्म गर्भ पतन र परिवार नियोजनका बिषयमा जनचेतना पू-याउन आवश्यक रहेको बताएका थिए । नेपालमा गर्भपतन सेवा सुरु भएको १५ बर्ष पुगेपनि अझै ४१ प्रतिशत महिलालाई मात्र जानकारी भएको बताउदै डाक्टर साहले सुरक्षित गर्भपतन र परिवार नियोजनका बारेमा सबैले खुलेर कुरा गर्न सक्ने बताउन जनचेतना फैल्याउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा ममता श्रेष्ठले परिवार नियोजनका साधनका बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्र प्रस्तुत गर्दै उनले समाजमा परियोवार नियोजनका साधनका बिषयमा खुलेर कुरा गर्न मानिसहरु लजाउने गरेको बताइन् । लायन्स क्लवका अफ विराटनगरका पूर्व अध्यक्ष बिकाश अधिकारीले ग्रामिण तहसम्म जनचेतना पू¥याउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लायन्स क्लव डिस्ट्रिक्स ३२५ ए वानका सचिव शिव रिजालले सचेतनाकालागि लायन्सका सदस्यहरु लागिपर्नुपर्ने बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]