Sorry, your browser does not support JavaScript! गुणस्तरिय शिक्षामा प्रदेशको केन्द्र बिराटनगर

गुणस्तरिय शिक्षामा प्रदेशको केन्द्र बिराटनगर

विराटनगर, १५  असार । एक नम्बर प्रदेशको मुकाम बिराटनगरमा संचालन भैरहेकाबिद्यालयहरुमा पढन चाहने बिद्यार्थीहरुको आर्कषण बर्षेनी बढदो पाइएको छ ।

बिद्यालयको भौतिक संरचना , पढाईको गुणस्तरले गर्दा ए नम्बरका मात्र नभएर दुई नम्बर प्रदेशका बिद्यार्थीहरु समेत बिराटनगरका बिद्यालयहरुमा पढन चाहने आर्कषण बर्षेनी बढदो पाइएको हो । बिद्यालय संचालकहरुका अनुसार यहाँका नाम चलेका बिद्यालयहरुमा बर्षेनी १५ देखी २० प्रतिशत बिद्यार्थी बढने गरेका छन । खास गरि एक र दुई नम्बर प्रदेशका तराई क्षेत्रका बिद्यार्थीहरुको बढी रोजाईमा बिराटनगरका बिद्यालयहरु पर्ने गरेका छन ।यसबाहेक सिमावर्ती भारतीय क्षेत्रका बिद्यार्थीहरु पनि बिराटनगरमा पढन आउने गरेका छन ।

‘हावापानी समस्याले गर्दा पहाडी क्षेत्रका बिद्यार्थीहरु भने बिराटनगरमा पढन कम आउने गरेपनि तर तराई क्षेत्रका बिद्यार्थीहरु भने बर्षौनी बढीरहेका छन । बिराटनगरमा संचालन भैरहेका निजी र सामुदायिक बिद्यालयलये गुणस्तरिय शिक्षाकालागि लगानी राम्रो गरेका छन । आर्कषक भवन, गुणस्तरिय ल्याव, शिक्षक, र नियमित यातायातको व्यवस्था आदि अनेक कारणले बिराटनगरका बिद्यालयहरु बिद्यार्थीको रोजाईमा पर्ने गरेको एभरेष्ट माबिका प्रिन्सिपल टिकाराम पुरीले बताए । उनका अनुसार गुणस्तरिय शिक्षा प्रदान गरेकै कारण बिराटनगरका कोवास, एभरेष्ट, मेरिल्याण्ड, स्टार, अरनिको लगायत बिभिन्न बिद्यालयहरु शिक्षा मन्त्रालयबाट पुरस्कृत पनि भैसकेका छन । अरनिको माबिका प्रिन्सिपल राजेश कार्की बिराटनगरमा सबै बिषयका उत्कृष्ट बिद्यालयहरु भएकोले शैक्षिक हब बन्दै गएको बताए ।

बिराटनगर गुणस्तरिय शिक्षाकालागि चर्चित बन्दै गएपछि यहाँ हरेक बर्ष नयाँ बिद्यालय खुुल्ने र लागनी थपिने क्रम पनि बढदो छ । यहाँ पढने बिद्यार्थीहरुले भर्ना पाउन निक्कै प्रतिस्पर्धा गर्नुपर्दछ । भर्नाकालागि अनुरोध गर्दै सिरहा, सप्तरी, धनुषा, सर्लाही सुनसरीदेखीका अभिभावकहरु आफुकहाँ आउने गरेको तर सिट सिमित भएको र बिद्यालयको गुणस्तरलाई समेत हेक्का गरेर बिद्यार्थी भर्ना लिने गरेको एभरेष्ट माबिका प्रिन्सिल पुरी बताउँछन । उनका अनुसार बिराटनगरका निजी र सामुदायिक बिद्यालयहरुले एसईई परिक्षामा सधै राम्रो नतिजा प्राप्त गरिरेहेका छन । बिकेभिएम, एभरेष्ट, लर्डबुद्ध, मेरिल्याण्ड, सगरमाथा, बुढानिलकण्ठ, अर्किड, शिक्षा दिप, भानु, देवकोटा, जेम्स, कोवास, अरिनिको, कान्तिपुर, लयागतका बिभिन्न बिद्यालयहरुले एसएलसीदेखी एसइई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरिरहेका छन ।

बिराटनगरका सामुदायिक पनि उत्कृष्ट

हाल अग्रेजी माध्यममा पनि पठनपाठन सुरु गरिरहेका बिराटनगरका सामुदायिक बिद्यालयहरु सत्यनारायण , पोखरिया र राधाकृष्ण र नरग्राम माबिले पनि एसईई परिक्षामा सुधार ल्याउन सफल भैरहेका छन । सामुदायिक बिद्यालयमा अग्रेजी माध्यम पढनकालागि पनि बिराटनगरका यि बिद्यालयमा बिद्यार्थीको ओईरालो लाग्ने गरेको छ । सत्यनारायण माबिका प्रधानअध्यापक धर्मानन्द खरेल बिराटनगरका सामुदायिक बिद्यालयहरुका शिक्षक दक्ष रहेको र भौतिक पुर्बाधार पनि राम्रो भएकोले निजीमा जस्तै बिद्यार्थीहरुको आर्कषण बढन थालेको दाबी गर्छन ।

आधुनिक प्रबिधिको प्रयोग

कान्तिपुर कलेजका प्रिन्सिपल सन्तोष भगतका अनुसार बिराटनगरका बिद्यालयहरु सबैले आधुनिक प्रबिधिको प्रयोग (पावर प्रजेन्टेसन) गर्ने गरेका छन । यसैगरि निजी बिद्यालयहरुले पनि शिक्षकहरुलाई नियमित ट्रेडिङ दिने उचित शैक्षिक सामग्री उपलव्ध गराउने र कक्षलाई बिद्यार्थी मैत्री बनाउमा बिशेष चासो दिइरहेका छन । यसैले पनि बिराटनगरमा संचालनमा रहेका बिद्यालयहरु राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्र्धा गर्न सक्षम भएकोले बिद्यार्थीहरुको पढने आर्कषण उच्च भएको शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका बताउँछन । उनका अनुसार बिराटनगरमा पढेका बिद्यार्थीहरु सबै बिषयमा नेपालमा थप अध्यन गर्ने क्रममा पछाडी पर्ने गरेका छैनन । पढाइएको गुणस्तर र राम्रो परिणाले गर्दा बिद्यार्थी र अभिभावकलाई बिराटनगरतर्फ आर्कषण गर्ने गरेको छ ।

हाल बिराटनगरमा संचाचलन भैरहेका निजी र सामुदायिक बिद्यालयहरुले व्यवस्थापन , बिज्ञान , शिक्षा, मेडिकल, कृषी र पत्रकारितादेखी कानुन र होटलमेनेजमेन्टसँग सम्बन्धित बिषयहरु प्ठनपाठन गराइरहेका छन । सामुदायिक बिद्यालयहरुले  नेपाली त कसैले अग्रेजी माध्यमबाट कक्षा ११ र १२ संचालन गरिरहेका छन । सामुदायिक बिद्यालय सत्यनाराण माबिले कक्षा ११ मा चालु शैक्षिक सत्रदेखी कानुन बिषय पनि अध्यापन गराइरहेको छ । सत्यनारायणले मानबिकी, शिक्षा र व्यवस्थापनसँगै पत्रकारिता र कानुन बिषय पनि पढाउने गरेको छ ।

बिराटनगरमा मेरिल्याण्ड, कोबास, अरिनिको, ग्रिनल्याण्ड, शिक्षादिप, एभरेष्ट, अर्किड, नेपाल बिजनेश, होलिल्याण्ड, साँस्थम, लर्डबुद्ध, सगरमाथा, भानु, कान्तिपुर ईन्टरनेशनल, कन्जनजंगा, देवकोटा, गौतमबुद्ध, लर्डबुद्ध, बुढानिलकण्ठ, हिमालय दर्शन, दिल्ली पव्लिक, दुई दर्जन निजी स्तरमा नाम चलेका बिद्यालयहरु संचालनमा छन । यसबाहेक सामुदायिक क्षेत्रबाट सत्यनारायण, जनता, ग्रोग्राहा, पोखरिया माबि पनि गुणस्तरिय शिक्षाकालागि चर्चित छन । यि सामुदायिक बिद्यालयबाट पटक पटक एसएलसी परिक्षाको बोर्डमा बिद्यार्थीहरु पर्न सफल भैसकेका छन ।

कोबास कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठका अनुसार बिराटनगर पहिलेदेखी नै पुर्बको शैक्षिक हवका रुपमा रहदै आएको हो । शिक्षतहरुको बासोवास भएकोले पनि यहाँ शिक्षाको चेतनाले फस्टाउने अवसर पाएको थियो । यहाँ नेपालकै चर्चित बौद्धिकहरुको सँस्था एलिट क्लब खुलेको थियो । यसैले यहाँ राणाकालदेखी नै शिक्षा क्षेत्रमा लगानी बढदै गयो । पछि क्रमश यहाँ निजी क्षेत्रका बिद्यालयहरु संचालनमा आउन थालेका हुन । बिराटनगरमा पहिले खुलेको आर्दश बालिका र आर्दश बिद्यालय नेपालकै चर्चित बिद्यालयहरु हुन ।

पछि यहाँका बिद्यालयहरुले एसएलसी परिक्षामा परिणाम राम्रो ल्याउन थालेपछि क्रमश यहाँ पढन आउने बिद्यार्थीहरुको सँख्या बढन थालेसँगै धमाधम निजी निद्यालयहरु पनि खुल्न थाले । जसले गर्दा बिराटनगर केही बर्ष यता शैक्षिक केन्द्रकै रुपमा चर्चित बन्न पुगेको हो । मेरिल्याण्ड कलेजका संचालक गुणराज ढुंगेलका अनुसार बिराटनगरमा पहिलेदेखी नै आर्दश बालिका बिद्यालय नेपालकै उत्कृष्ट बिद्यालयमा गनिन्थिे । त्यसपछि पनि बिराटनगरबाट धेरै जना एसएसलसीमा बोर्ड फस्ट भए । त्यसैको सिकोले गर्दा बिराटनगरको शैक्षिक स्तरलाइृ प्रतिस्र्धात्मक बनाइदियो । र बिराटनगरको शैक्षिक क्षेत्रमा आर्थिक र भौतिक सुधहारहरु हुदै गए । पछि बिदेशी बिश्वबिद्यलयहरुले पनि बिरानगरमा चासा दिन थाले । जसले गर्दा पढनकालागि काठमाणै जानै पर्ने बाध्यता हटन गयो ।

अर्कोतिर बिराटनगरका बिद्यालयमा शिक्षाको गुणस्तरिया र भौतिक सुबिधाकालागि यहाका कलेजहरुमा लगानीको प्रतिस्पर्धा पनि स्वच्छ छ । आर्कषक बिद्यालय भवन र शैक्षिक सामग्रीकालागि आधुनिक ल्याव र सुरक्षित आवासको व्यवस्था समेत यहाका बिद्यालयहरुले प्रदान गर्ने गरेका छन —लर्डबद्ध माबिका सिएम श्रेष्ठले भने ।

राम्रा नम्बर ल्याउनेहरुको पहिलो रोजाई बिराटनगर

एसईईमा मात्र नभएर तल्ला कक्षाहरुमा पढेर राम्रो नम्बर ल्याउन चाहने बिद्यार्थीहरु र राम्रो बिद्यालयमा छोराछोरी पढाउन चाहने अभिभावको रोजाईमा पनि बिराटनगरका बिद्यालयहरु पर्ने गरेका छन । गुणस्तरिय शिक्षक पुर्वाधार सम्पन्न बिद्यालय र हरेक बर्ष आउने राम्रो परिक्षाफलको परिणामले गर्दा बिद्यार्थी र अभिभावक दुवैमा यस्तो चाहना बढने गरेको हो । यसैले सकभर एक र दुई नम्बर प्रदेशका तराइमा पर्ने जिल्लाका सम्पन्न अभिभावक र बिद्यार्थीहरुले पढनकालागि बिराटनगर रोज्ने गरेका छन ।

सुरक्षित शहरी बतावरण भएको बिराटनगरमा पढाउँदा नाम चलेको शहरमा पढाउने अभिभावको र पढने बिद्यार्थीको चाहना पनि पुरा हुने गरेको छ । बिराटनगरका स्कुलमा भर्ना नपाएमा वा नलिएमा मात्र बिद्यार्थीहरु आफनो जिल्ला तहका शहरमा रहेका कलेजहरु बाध्य भएर रोज्ने गरेका छन ।

पहाडी क्षेत्रका बिद्यार्थीको आर्कषणमा हावापानी चुनौती

एक नम्बर र दुई नम्बर प्रदेशका बिद्यार्थीहरुको माध्यमिक र उच्च शिक्षाको रोजाई बिराटनगर भएपनि पहाडी क्षेत्रका बिद्याथीहरु भने अझै आपेक्षा अनुसार आर्कषित हुन सकिरहेका छैनन । कारण चिसो पहाडी मौसममा पढेका बिद्याथीहरु बिराटनगरको गर्मीमा रमाउन सक्दैनन । यसैले पहाडी बिद्यार्थीहरुलाई आर्कषण गर्नु बिराटनगरकालागि अझै चुनौती बनिरहेको उच्च माध्यमिक बिद्यालय संघका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल बताउँछन । यद्यपी यहाँ बिद्यालयहरुले पहाडका बिद्यार्थीहरुलाई आर्कषित गर्न बिभिन्न प्याकेज कार्यक्रमहरु पनि चलाइरहेका छन ।

गुणस्तरिय

बिराटनगरका बिद्यालयहरु सबैले आधुनिक प्रबिधिको प्रयोग (पावर प्रजेन्टेसन) गर्ने गरेका छन । यसैगरि निजी बिद्यालयहरुले पनि शिक्षकहरुलाई नियमित ट्रेडिङ दिने उचित शैक्षिक सामग्री उपलव्ध गराउने र कक्षलाई बिद्यार्थी मैत्री बनाउमा बिशेष चासो दिइरहेका छन – सन्तोष भगत ( प्रिन्सिपल , कान्तिपुर कलेज )

 

बिराटनगर पहिलेदेखी नै पुर्बको शैक्षिक हवका रुपमा रहदै आएको हो । शिक्षतहरुको बासोवास भएकोले पनि यहाँ शिक्षाको चेतनाले चाडो फस्टाउने अवसर पाएको हो –सुनिलकुमार श्रेष्ठ ( प्रिन्सिपल कोबास कलेज)

 

बिराटनगरमा पहिलेदेखी नै आर्दश बालिका बिद्यालय नेपालकै उत्कृष्ट बिद्यालयमा गनिन्थिे । त्यसपछि पनि बिराटनगरबाट धेरै जना एसएसलसीमा बोर्ड फस्ट भए । त्यसैको सिकोले गर्दा बिराटनगरको शैक्षिक स्तरलाइृ प्रतिस्र्धात्मक बनाइदियो – गुणराज ढुंगेल (संचालक मेरिल्याण्ड कलेज)

 

बिराटनगरमा सबै बिषयका उत्कृष्ट बिद्यालयहरु भएकोले शैक्षिक हब बन्दै गएको हो –राजेश कार्की (प्रिन्सिपल , अरनिको माबि) 

 

 

बिराटनगर गुणस्तरिय शिक्षाकालागि चर्चित बन्दै गएपछि यहाँ हरेक बर्ष नयाँ बिद्यालय खुुल्ने र लागनी थपिने क्रम पनि बढदो छ । यहाँ पढने बिद्यार्थीहरुले भर्ना पाउन निक्कै प्रतिस्पर्धा गर्नुपर्दछ – सिएम श्रेष्ठ (प्रिन्सिपल लर्डबुद्ध कलेज )

 

गुणस्तरिय शिक्षक पुर्वाधार सम्पन्न बिद्यालय र हरेक बर्ष आउने राम्रो परिक्षाफलको परिणामले गर्दा बिद्यार्थी र अभिभावक दुवैमा यस्तो चाहना बढने गरेको हो – ज्ञानबहादुर खडका ( शिक्षादिप कलेज)

 

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]