Sorry, your browser does not support JavaScript! लक्षित वर्गका युवायुवतीकालागि एक महिने प्रशिक्षण - Merodesh.news

लक्षित वर्गका युवायुवतीकालागि एक महिने प्रशिक्षण

विराटनगर,  १४ असार। विराटनगर महानगरपालिका भित्रका लक्षित वर्ग,समुदायका बेरोजगार युवायुवतीकालागि एकमहिने सिपमुलक तालिम आयोजना गरिएको छ ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको महानगरप्रमुख भीम पराजुलीले उदघाटन गरे । तालिममा महानगरपालिकाका उन्नाईस वटै वडाका महिला, पिछडाबर्ग र दलित समुदायकागरि ६० जना बेरोजगार युवायुवती तथा महिला सहभागि भइरहेका छन । सहभागिलाई कम्प्युटर हार्डबेयर,हाउस वायरिङ र लोकसेवा सम्बन्धि तालिम प्रदान गरिने आयोजक जयनेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रालि.का प्रबन्ध निर्देशक मोहम्मद इर्साद अंसारीले जानकारी दिए ।

तालिमको उदघाटन सभालाई सम्बोधन गर्नुहुंदै महानगर प्रमुख पराजुलीले महानगरको लगानीमा आयोजना गरिएको तालिमले सार्थकता पाउने विश्वास ब्यक्त गरे । उनले सिपमुलक तालिमबाट लक्षित वर्ग समुदायका युवायुवतीहरु स्वरोजगार उन्मुख हुने बताए । तालिमको जयनेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रा.लि,एन.एस.कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जीनियरीङ र युथ नेपाल इन्स्टीच्युट अफ इन्र्फमेशन टेक्नोलोजी एण्ड ट्रेनिङ सेन्टरले संयुक्तरुपमा आयोजना गरेका हुन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु