Sorry, your browser does not support JavaScript! सरकारको निरंकुशता अस्वीकार्य : गच्छदार - Merodesh.news

सरकारको निरंकुशता अस्वीकार्य : गच्छदार

विराटनगर, १४ असार।  नेपाली कांग्रेस संसदिय दलका उपनेता बिजयकुमार गच्छदार ले सत्ताधारी पार्टीले सरकार र प्रशासनलाई नियन्त्रणमा लिन खोजेर निरंकुशता लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

गच्छदार

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्नुहुंदै उहांले देशलाई कुनैपनि पार्टीले नियन्त्रणमा लिने कुरा मान्य नहुने बताउनुभयो । नेता गच्छदारले मल्टी पार्टी सिस्टमको संसदिय प्रजातन्त्रमा बहुमत प्राप्त दलको सर्वोच्चता हुने र बहुमत प्राप्त दलले संबिधानको परिधिभित्र रहेर शासन–प्रशासनको नेतृत्वगर्नुपर्ने बताउनुभयो । उहांले संसदबाट निर्माण भएको सरकार संसदप्रति उत्तरदायि हुनुपर्ने बताउनुहुंदै कार्यपालिका,न्यायपालिका र ब्यवस्थापिकामाथि कुनैपनि प्रकारको हस्तक्षेप मान्य नहुने बताउनुभयो ।

पुर्व उपप्रधानमन्त्री समेत रहिसक्नुभएका गच्छदारले अहिलेको ब्यवस्था कांग्रेस र कम्युनिष्टहरुले मिलेरै ल्याएको बताउनुहुंदै संघीय लोकतान्त्रीक गणतन्त्र भन्दा परिस्कृत राजनितिक ब्यवस्था हुननसक्ने धारणा राख्नुभयो । वर्तमान राजनितिक प्रणालीलाई संबिधान सम्मत ढंगले संचालन गरिनुपर्ने बताउनुहुंदै उहांले सरकारको नेतृत्व गरेको पार्टीले सम्पुर्ण निकायहरुलाई नियन्त्रणमा लिन नमिल्ने बताउनुभयो । सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिनुहुंदै नेता गच्छदारले नियम विपरीत काम गर्ने ठेकेदारलाई विधि अनुसार जिम्मेवार मन्त्रालयले कारवाही गर्नुपर्ने बताउनुभयो ।

गृह मन्त्रालय ठेकेदारलाई कारवाही गर्ने जिम्मेबार मन्त्रालय नभएको उहांको भनाई थियो । प्रधानमन्त्रीको चिन भ्रमणलाई आफुहरुले सकारात्करुपमा लिएको बताउनुहुंदै नेता गच्छदारले भ्रमणको क्रममा भएका सहमतिलाई उपलब्धिमा परिर्वतन भएको हेर्न चाहेको बताउनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]