Sorry, your browser does not support JavaScript! चार महिना लामो अनुसन्धानपछि पक्राउ परे शान्तिकुमारीका हत्या आरोपी हिकबहादुर - Merodesh.news

चार महिना लामो अनुसन्धानपछि पक्राउ परे शान्तिकुमारीका हत्या आरोपी हिकबहादुर

  • प्रदेश प्रहरी र सिआइबीको टोलीले पनि पत्ता लगाउन सकेको थिएन शान्तिको हत्यामा संलग्न व्यक्त्ति
  • छिमेकी हिकबहादुर बस्नेतले नै गरेका थिए शान्तिको बलात्कारपछि हत्या
  • प्रहरीले पक्राउ गर्छ भनेर उनले आफुले प्रयोग गर्ने गरेको मोवाइल सिम सहित फालेका थिए ।
  • हत्यापछि हिकबहादुरले आफनो सबै व्यवसाय बन्द गरेर बिदेश जाने तैयारी थालेका थिए तर अन्तिम चोटी घर आउँदा मोरंग प्रहरीको बिशेष टोलीले उनलाई पक्राउ गर्न सफल भयो ।

बिराटनगर १४ असार । मोरङको मिक्लाजुङ गाउँपालिका ७ मधुमल्लाकी ४४ बर्षिया शान्तिकुमारी राई (तामांग) को हत्या आरोपीलाई प्रहरीले चार महिना लामो अनुसन्धानपछि बल्ल पक्राउ गरेको छ ।

छिमेकीको घरमा चिन्ता हेरेर फर्कने क्रममा २० फागुन बिहान मिक्लाजुङ ७ स्थित गाग्री खोला किनारमा बलात्कार गरि हत्या गरिएको शान्तिकुमारीको हत्यामा संलग्न सोही ठाउँका ३० बर्षिय हिकबहादुर बस्नेतलाई प्रहरीले चार महिना लामो अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले प्रारम्भीक अनुसन्धानमा शान्तिको बलात्कारपछि ढुंगाले अनुहार हिर्काएर हत्या गरिएको शंका गरेपनि प्रमाण फेला पार्न नसक्दा कसैलाई पक्राउ गर्न सकेको थिएन ।

यसरी पक्राउ परे हिकबहादुर

छिमेकी कमल बोहोराको घरमा लगाएको चिन्ता (झाँक्री) हेरेर फर्कने क्रममा शान्तिसँग स्थानिय एक रक्सी पसलमा भेट भएको र दुवैले रक्सीसँग पिएर घर जादै गर्दा एकान्त स्थानमा मौका पारि २० फागुन साँझ सुस्त मनस्थिती भएकी शान्तिलाई हिकबहादुरले खोला किनारको बासँ झयांङमा मौका पारेर बलात्कार गरे । त्यसपछि पोल खुल्ने डरले ढुंगाले अनुहार किचेर हत्या गरे । भोलीपल्ट बिहान २१ फागुनमा शान्तिको बिभत्स शव प्रहरीले बरामद गरयो । बलात्कार र हत्यामा संलग्न स्थानिय बिबाहित हिकबहादुर बाख्रा , कखुरा र पशुपालन गर्थे ।

घटनापछि उनले आफना सबै व्यवसाय बन्द गरिदिए । त्यसपछि उनी बैदेशिक रोजगारमा जान भनेर काठमाण्डौ गए । काठमाण्डौमा उनले बिदेश जाने पासपोर्ट र भिसा बनाए । त्यसपछि उनि ईटहरी आएर आफन्तकोमा बसे । यता प्रहरीले २० फागुन साँझ शान्ति र हिकबहादुरले होटलमा रक्सी खाएर सँगै घरतर्फ गएको बयान प्राप्त गरिसकेको थियो । यसैले उसमाथि बिशेष निगरानी थाल्यो । त्यसपछि प्रहरीले बस्नेतको खोजी तीब्र बनायो । तर आफुले प्रयोग गर्ने मोवाइल र नम्बर दुबै फालेका हिकबहादुर कहाँ छन भन्ने पत्तो लगाउन प्रहरीलाई गाह्रो  भयो ।

तर पनि मोरंग प्रहरी टास्कफोर्सले बस्नेतको घरपरिवारको निगरानी निरन्तर गरिरह्रो । भिसा आइसकेपछि बिदेश जाने अन्तिम तैयारीकालागि बस्नेत घर आउँदैछन भन्ने पत्तो पयो । र सोही क्रममा नाइट बस चढेर घर आउने क्रममा प्रहरीको बिशेष टोलीले उर्लाबारीमा १३ असार बिहान बस्नेतलाई पक्राउ गरयो । आरोपी बस्नेतलाई जर्वदस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतमा म्याद थप गरि अनुसन्धान भैरहेको मोरंगका एसपी मनोज केसीले बताए ।

सामुहिक बलात्कारको शंका झुठो भयो

शान्तिको बलात्कार पछि हत्या भएको प्रहरीले प्रारम्भीक अनुसन्धानमा बताएपछि स्थानिय र प्रहरीले उनको सामुहिक बलात्कार पछि बिभत्स हत्या गरिएको शंका बढेको थियो । प्रहरीले पनि बिभिन्न कोणबाट सामुहिक बलात्कारलाई प्राथमिकता दिएर अनुसन्धान अगाडी लगेको थियो । यही क्रममा एक नम्बर प्रहरी , सिआईबी र मोरंग प्रहरीको टोलीले अनुसन्धान गर्नेक्रममा २० जना भन्दा बढी व्यक्त्तिहरुलाई शकामा राखेर साधुपुछ गरेको थियो । तर प्रमाण फेला पार्न नसक्दा प्रहरीले कसैलाई पक्राउ गर्न सकेन । सिआइबी टोली पनि आरोपी पत्ता लगाउन नसकेपछि फर्किन बाध्य भएको थियो ।

तर अनुसन्धानलाई निरन्तर फलो गरिरहेको मोरंग प्रहरीको स्पेशल टास्कफोर्स लेअन्तमा मिक्लाजुङ–७ का ३० बर्षिय हिकबहादुर बस्नेत संलग्न भएको प्रमाण फेला पारेपछि १३ असार बिहान नियन्त्रणमा लिएर अदालतमा म्याद थप गराएर सार्वजनिक गरेको हो ।

हत्याका आरोपी पत्ता लगाउन नसकेपछि सिआइबी पनि फर्किएको थियो

मोरंगका एसपी मनोजकुमार केसीका अनुसार घटनाका दोषीलाई पक्राउ गर्न एक नम्बर प्रदेश सभामा समेत चर्को आवाज उठेपछि प्रहरी चर्को दवावमा परयो । यसैले घटना जधन्य पनि भएको र चौतर्फी प्रहरीको निन्दा हुन थालेपछि पहिले मोरंग प्रहरी त्यसपछि एक नम्बर प्रदेश प्रहरी अनि केन्द्रिय अनुसन्धान (व्युरो सिआईबी) को बिशेष अनुसन्धान टोलीले घटनाको सुक्षम अनुसन्धान गरेको थियो । तर हत्यामा संलग्न पहिचान हुन नसक्दा र ठोस प्रमाण हासिल नहुँदा प्रहरीले कसैलाई पक्राउ गर्न सकेको थिएन ।

प्रहरीले हत्या आशंकामा दुई जनालाइृ नुवाकोटबाट पक्राउ गरेर ल्याएपनि उनिहरु बन्दि प्रत्यक्षिकरणबाट छुटेका थिए । अन्य धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि कुनै सुत्र हात लाग्न सकेन । लामो समय एक व्यक्त्तिको हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न नसकेको भन्दै मोरंग प्रहरीको झ आलोचना बढन थालेको थियो । घटनाबारे कसैले केही बताउन नसकेपछि र अपराधको कुनै सुराक फेला परेपछि प्रहरीले बिराटनगरबाट दोभाषे लगेर स्थानिय बौद्धिक अपागता भएका व्यक्त्तिसँग पनि बुझन काम गरेको थियो । तर उनले पनि केही बताउन नसकेपछि प्रहरी झन संकटमा परेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]