Sorry, your browser does not support JavaScript! तीन बिधेक सभामा पेश गर्न प्रदेश सरकारको स्विकृती - Merodesh.news

तीन बिधेक सभामा पेश गर्न प्रदेश सरकारको स्विकृती

विराटनगर, १४ असार ।  एक नम्बर प्रदेश सरकारले तीन वटा बिधेक प्रदेश सभामा पेश गर्न मन्त्रालयलाई स्विकृती दिएको छ ।

एक नम्बर प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बुधबार बसेको बैठकले प्रदेश कर तथा गैरकर बिधेयक र प्रदेश बित्त व्यवस्थापन र प्रदेश शुसासनको प्रत्याभुति गराउन बनेको बिधेयक प्रदेश सभामा पेश गर्न अनुमति दिएको हो । एक नम्बर प्रदेश सरकारका प्रबक्त्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीका अनुसार प्रदेश कर र गैरकर अनि बित्तिय व्यवस्थापन बिधेयक अर्थमामिला तथा योजना मन्त्रालयले र शुसासन ऐन मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश सभामा पेश गर्ने छ ।

यसैगरि प्रदेश मन्त्रि परिषदले बिपद व्यवस्थापन र प्रदेश सभा सचिवालय व्यवसथापन गर्ने बिधेयक निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैदान्तिक स्विकृती दिएको छ ।

मुख्य मन्त्रीको प्रेस सल्लाहकारमा ध्र्रुब सुबेदी

एक नम्बर प्रदेश मुख्य मन्त्रीको प्रेस सल्लाहकारमा ध्रुब सुबेदीलाई नियुक्त्त गरेको छ । बुधबार बसेको एक नम्बर प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुबेदीलाई प्रेस सल्लाहकारमा नियुक्त्त गरेको हो । भोजपुर निवासी सुबेदी यस अघि नागरिक दैनिकमा आवद्ध थिए ।

बिराटनगर बिमानस्थल बिस्तार गर्न संघिय सरकारसँग अनुरोध

एक नम्बर प्रदेश सरकारले विराटनगर विमानस्थलको धावन मार्गलाई तीन हजार मिटरको बनाउन संघिय सरकारसँग अनुरोध गर्ने भएको छ । बिराटनगर बिमान स्थललाई अन्तराष्ट्रियस्तरको बनाउनकालागि प्रदेश सकारले धावन मार्ग तीन हजार मिटरमा बिस्तार गर्नकालागि संघिय सकारलाई अनुरोध गर्ने निर्णय गरेको हो सरकारका प्रबक्त्ता मन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए । बिराटनगर ४ कञ्चनबारीमा रहको बिराटनगर बिमान स्थल १ सय ९ बिगाहा क्षेत्रफलमा फैलिएको छ। यहाँ हाल १५ सय मिटर पक्की रनवे मात्र रहेको छ । तीन हजार मिटर पक्की रनवे भएमा यहाँबाट अन्तराष्ट्रिय उडान भर्न सकिने छ । हाल बिराटनगर बिमानस्लबाट १६ वटा जहाजले बिराटनगर काठमाण्डौ र अन्य ४ वटाले प्रदेश अन्र्तगतका बिभिन्न जिल्लामा दुईतर्फी उडान गरिरहेका छन।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]