Sorry, your browser does not support JavaScript! बालबिवाह रोक्न एक नम्बर प्रदेशमा २२२२ अभियान - Merodesh.news

बालबिवाह रोक्न एक नम्बर प्रदेशमा २२२२ अभियान

बिराटनगर १३ असार । बालबिवाह न्युनियकरण गर्न एक नम्बर प्रदेशमा दुई हजार दुई सय बाईस (२२२२) अभियान सुरु भएको छ ।

बाल अधिकारको रक्षा गर्दै बिकृती बिसंगति रहित स्वस्थ्य समाज निर्माण गर्न एक नम्बर प्रदेशमा १३ असारदेखी २ हजार २ सय २२ वाईस अभियान सुरु भएको हो ।  नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति र नारी बिकास संघ मोरंगले संयुक्त्त रुपमा सुरु गरेको उक्त्त २२२२ अभियानको बुधबार एक नम्बर प्रदेशका समाजिक बिकास मन्त्री जीवन घिमिरले अतिथि मतव्य दिएर शुभराम्भ गरे । मन्त्री घिमिरेले बालबिबाहले तीन पुस्ता सम्मलाई असर गर्ने भएकोले सबैले मिलेर उन्मुलन गर्नु प्रमुख आवश्यकता हो भने ।

बालबिवाह र दाईजो प्रथा समाजमा कायमै रहनु मानबिय चेतनाकालागि अभिशाप हुने भएकोले सरकारले सन २०३० सम्ममा दाईजो र बालबिवाह मुक्त्त राष्ट्र बनाउने लक्ष्य लिएको जानकारी गराए । उनले पत्रकार र नागरिक संस्थाको सहकार्यमा सुरु भएको अभिायनलाई प्रदेश सरकारले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे ।

नारी बिकास संघकी मोरग अध्यक्ष सिता शर्माले नागरिक सँस्था र पत्रकारहरुको सहकार्यमा सुरु भएको २२२२ अभियानले समाजका खराब मुल्य मान्यतालाई परिवर्तन गर्ने बताइन । एक नम्बर प्रदेश मानव अधिकार रक्षक परिषदका अध्यक्ष सोमराज थापा, माइती नेपालका कार्यक्रम अधिकृत बिनोद पोखरेल सिबिन नेपाल बिराटनगरका बासु पौडेल र पत्रकार महासंघ एक नम्बर प्रदेश समिति अध्यक्ष बिक्रम लुँईटेलले बालबिबाह र दाईजो प्रथा समाजिक बिकृती मात्र नभएर अपराध पनि भएकोले न्युनिकरण गर्नु सबैको साझा दायित्व भएकोले सबै एक भएर सहकार्य गर्ने बताए ।

उनिहरुका अनुसार बालबिवाहर  दाइजो अपराध हो भन्ने जान्दाजान्दै पनि अझै पनि समाजमा शिक्षित र पहुँचवालाहरुले प्रोत्साहन दिइरहेका छन । एक नम्बर प्रदेशका पहाडी क्षेत्रहरुमा बालबिबाह र दाइजो धेरै न्युनिकरण भएपनि तराइका सिमावर्ती जिल्लाहरुमा अझै कायमै रहेको छ । साभेदार संस्था वल्र्डभिजन ईन्टरनेशनल बिराटनगरका प्रतिनिधि बिनय आमत्यले दाईजो र बालबिवाह उन्मुलन गर्न व्यवहार परिवर्तन पहिलो प्राथमिकता भएकोले नागरिक समाज र पत्रकारिता जगतले सहयोगी भूमिका खेल्ने बिश्वास गरे ।

एक नम्बर प्रदेशसमा बालबिवाहको अवस्था

नेपाल जनस्वास्थ्य सर्बेक्षण २०६८ का अनुसार एक नम्बर प्रदेशमा अझै १५ देखी १९ बर्ष उमेर समुहका २८ प्रतिशत किशोरी र ७ प्रतिशत किशोरहरुको बिबाह हुने गरेको छ । आइएनजिओ अध्यन २०६९ अनुसार अझै पनि ५६ प्रतिशत महिला र २६ प्रतिशत पुरुषको १९ बर्ष नपुगी बिबाह हुने गरेको छ ।

२२२२ अभियानको उद्देश्य

बालबिवाह र दाईजो बिरुद्धको अभियान २२२२ ले एक नम्बर प्रदेशका सबै जिल्लामा सचेतना अभियान संचलन गर्ने, ५ लाख बढी अभिभावकहरुलाई सकारात्मक सन्देश प्रवाह गराउने, बालबिवाहको असर प्रभावबारे अभिभावक र बालबालिकाहरुलाई जानकारी गराउने , समाजमा भएका बालबाबिबाह र दाइजो प्रथालाई रोक्ने, पत्रकारहरुलाई प्रभावकारी लेखनमा सहभागी गराउने र उनिहरुलाई पुरस्कृत गर्ने र दाइजो र बालबिबाह रोकथान गर्न राजनैतिक दल र सरकारलाई जिम्मेवार बनाउने लक्ष्य लिएको छ ।

बालबिबाहबारे कानुन

नेपाल सरकारको सह्रसताब्दि लक्ष्यले बालबिवाह र दाइजो प्रथा उन्मुलन गर्न बिशेष प्राथकिता दिएको छ । सन २०१३ मा संयुक्त्त राष्ट्रसंघको ६८ औ सभाबाट बालबिवाह उन्मुलन गर्ने घोषणा पारित भैसकेको छ । सह्रसताब्दि लक्ष्य सन २०३० सम्ममा देशलाई दाइजो र बालबिबाह मुक्त्त बनाउने नेपालले प्रतिवद्धता भैसकेको छ । नेपालको संबिधान २०७२ ले बालबिबाहलाई दण्डनिय अपराध घोषणा गरिसकेको छ । मुलुकी ऐन २०२० ले बिबाह गर्ने उमेर युवायुवती दुवैको २० बर्ष पुगेको हुनुपर्ने उल्लेख गरिसकेको छ । बालबालिका सम्बन्धि राष्ट्रिय नीति २०६९ ले बालबिवाह बाल अधिकारको हनन हो भन्ने ठहर गरिसकेको छ । नेपालको तेह्रै पञ्चबर्षिय योजनाले बालबिबाहलाई बिकासको बाधक मानेको छ । किशोरकिशारीहरुको राष्टिय योजना २०७५ ले पनि बालबिवाह अपराध भएकोले उन्मुलन गर्नुपर्नेमा जोड दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]