Sorry, your browser does not support JavaScript! बलात्कारपछि हत्या गरि फरार भएका अभियुक्त पक्राउ - Merodesh.news

बलात्कारपछि हत्या गरि फरार भएका अभियुक्त पक्राउ

विराटनगर, १३ असार।  मोरङको मिक्लाजुङ गांउपालिकास्थित ग्यांग्री खोलामा गएको चैत्र २० गते मृत भेटिएकी शान्ती राई तामाङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनको आयोजनागरि पक्राउ गरिएका मिक्लाजुङ गांउपालिका–७ का ३० बर्षिय हिकबहादुर बस्नेतलाई सार्वजनिक गरेको छ । सो बिषयमा जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले अभियुक्त बस्नेतले मृत भेटिएकी तामाङलाई बलात्कारपछि ढुंगा प्रहारगरि हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताए । उनले चैत्र १९ गते सांझ स्थानिय कमल बोहोराको घरमा राखेको चिन्ता(धामी)हेरेर फर्कने क्रममा मादक पदार्थ सेवन गरेका अभियुक्त बस्नेतसंग भेंटभएको र त्यसपछि अभियुक्तले घर पु-याईदिन्छु भनेर राईलाई स्थानिय ग्यांग्री खोलामा लगेर बलात्कारपछि ढुंगा प्रहारगरि हत्या गरेर फरार भएको बताए ।

उनले घटनापछि फरार रहेका बस्नेतलाई आजै मिक्लाजुङ ७ बाट पक्राउ गरिएको जानकारी दिए । अभियुक्त उपर कर्तब्यज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरिएको उहांले बताए । मृतक तामाङको शव चैत्र २० गते स्थानिय ग्यांग्री खोलमा अनुहारमा चोटपटक लागेको र नाङ्गो अवस्थामा भेटिएको थियो । उक्त घटनालाई सांसदहरुले प्रतिनिधिसभा र प्रदेश सभामा समेत उठाएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]