Sorry, your browser does not support JavaScript! नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली - Merodesh.news

नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली

काठमाडौं, १३ असार।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

आज हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्ध्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभएको छ । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने,ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताउनुभयो ।

२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको,,सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । “हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”

प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । संविधानसभाले संविधान जारी गरेर,नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं । ”

फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।

थप फोटोहरु :

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]