Sorry, your browser does not support JavaScript! सडक दुर्घटनामा एक घाईते - Merodesh.news

सडक दुर्घटनामा एक घाईते

विराटनगर, १३ असार। विराटनगरस्थित कोशी राजमार्गमा भएको दुर्घटनामा परि एक ब्यक्ती गम्भीर घाईते भएका छन ।

सो राजमार्गको विराटनगर–६ स्थित सत्यनारायण स्कुल अगाडि ट्यांकरले ठक्करदिंदा स्कुटी चालक पांचथर,फलेलुङ गांउपालिका ४ का ५२ बर्षिय हस्तकुमार बिक घाईते भएका हुन । महेन्द्रचोकबाट उत्तरतर्फ जांदै गरेको ना २ ख ४७५७ नम्बरको ट्यांकरले सोहि दिसातर्फबाट जांदै गरेको को ३० प ६२५ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन । दुर्घटनामा स्कुटी चालक बिकको कम्मर मुनिको भागमा चोट लागेको र उनको गम्भीर अवस्थामा न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनापछि ट्यांकरका चालक र सहचालक फरार रहेकाले उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]