Sorry, your browser does not support JavaScript! अन्तराष्ट्रिय दिवसमा सचेतना कार्यक्रम - Merodesh.news

अन्तराष्ट्रिय दिवसमा सचेतना कार्यक्रम

विराटनगर।  लागु औषध दुरूपयोग तथा ओसार पसार बिरूद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र सिमा सुरक्षा बल रानीको बिशेष सहभागितामा लागु औषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको हो । प्रहरी प्रशासन र लागुऔषध दुब्यसनीको विरुद्ध काम गर्ने सरोकारवालाहरुले मोरङ विराटनगर महानगरपालिका वडा न १५ हुलास मेटलबाट प्रहरी बैण्ड बाजा र सचेतना मुलक प्लेकार्ड सहित -यालीको आयोजना गरेका थिए ।

-याली पछि आयोजित कार्यक्रममा प्रजिअ रामप्रसाद आचार्यले लागु औषध दुब्र्यसनी नियन्त्रण गर्न प्रशासनको तर्फबाट कुनै कसर बाकी नराख्ने बताउदै त्यस्ता कार्यमा संलग्न जो कोहीलाई कानून बमोजिम कडा कारवाही गर्ने बताए । उनले दुब्र्यसन न्यूनीकरण गर्न अभियान नै संचालन गरी समुदायसँगको सहकार्यमा अघि बढनु पर्ने बताएका थिए । प्रहरी उपरीक्षक मनोजकुमार केसीले मोरङ प्रहरीले दुब्र्यसनी नियन्त्रणका लागि बिभिन्न किसिमका अभियानहरु सञ्चालन गरेको बताउदै लागुऔषध विरुद्धको अभियानमा प्रहरीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा लागु औषध दुब्र्यसन बिरूद्ध गृह मन्त्रालयले तयार गरेको डकुमेन्ट्री देखाउनुका साथै ईप्रका रानीबाट लागु औषध सम्बन्धी तयार पारिएको हाते पुस्तिका समेत वितरण गरेको थियो । त्यस्तै असार ६ गतेबाट सञ्चालित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरीईकाईहरूले लागु औषध दुब्र्यसनी बिरूद्ध सचेतना कार्यक्रम गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]